७ जना अपरहणकारी काठमाडौंको छाउनीबाट पक्राउ !

भदौ २३, २०७६

काठमाडौं–१ जना महिलालाई अपहरण गरेर बन्दक बनाएको आरोपमा प्रहरीले ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं तार्केश्वर नगरपालिका–५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं ईचंगु बस्ने सिन्धुली घ्याङ्ले गाउँपालिका–२ का ४२ वर्षीय पूर्णबहादुर वाईवा, काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ५३ वर्षीय राजु खड्गी, काठमाडौं कलंकी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका–९ का ४१ वषका पाल्साङ तामाङ, काठमाडौं जमल बस्ने  रामेछाप दोरम्बा गाउँपालिका–७ का ३२ वर्षीय लिला थापा मगर, भक्तपुर सूर्यविनायक बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३१ वर्षीय शिवराम थापा मगर, काठमाडौं टोखा बस्ने सुनसरी महेन्द्रनगर नगरपालिका–७ का ३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका–९ का ३५ वर्षीय जिस घले रहेका प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी मकालु पेट्रोल पम्पको नजिकबाट शनिबार बिहान पेम्बा तामाङलाई अपरहण गरेका थिए ।

महानगरपालिका–१५ छाउनीस्थित ३३ वर्षीय अर्जुन लामाको घरमा अपहरित पेम्बालाई प्रहरीले उद्धार गरेको थियो ।

अपहरित पेम्बा तामाङ पनि ठगी गरेको बुझिन आएको हुँदा निजलाई ठगी मुद्धा तथा अन्य ७ जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने