७५ फिट अग्लो मूर्तिका लागि एक रुपैयाँ संकलन अभियान

तुलसीपुर, ३० पुस : महाकालीमा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण गर्ने लक्ष्य लिएर एक रुपैयाँ संकलन गर्दै जगत गुरु दाङ पुगेका छन् । बिगत तीन दिन देखी उनी दाङमा एक रुपैयाँ संकलन गर्ने अभियानमै छन् । उनी अझै केही दिन दाङमै रहने तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । २०७२ बैसाख ५ गतेबाट पश्चिम महाकाली देखी पूर्व मेची सम्मको पैदल यात्रा शुरु गरेका गुरु बालसन्त मोहनशरण देवाचार्य ( जगत गुरु) संग रिपोर्टस् क्लब दाङले आईतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेको थियो ।guru-768x576रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जगत गुरुले माघको अन्तिम सम्म देशभर पैदल यात्रा गरि सक्ने बताए । सबै देशबासीबाट संकलन भएको उक्त रकमले नेपाली आमाको ७५ फिट अग्लो मुर्ती निर्माण गर्ने वताए । शान्ति, एकता र हिन्दु धर्मको रक्षा अभियान लिएर मेची–महाकाली पैदल यात्रामा निस्केका बसन्त गुरुले यात्राका क्रममा घरदौलो र प्रवचन मार्फत दाङका शक्तिपीठ तथा मन्दिरबाट निर्माणाधिन अष्ठधातु जडित नेपालराष्ट्रको ७५ फिट अग्लो मूर्तिका लागि भिक्षादान संकलन गरिरहेका छन् ।

शान्ति, एकता र हिन्दुत्व रक्षाको प्रतिकस्वरुप सुन, चाँदी, तामा, फलाम, पित्तल लगायत अष्ठधातुको बिशाल मुर्ति निर्माण गर्न लागिएको देवाचार्यको भनाई छ । मूर्ति निर्माणका लागि २५ करोड रुपैयाँ खर्च लाग्ने उनले बताए । साथै मुलुक खण्ड–खण्ड हुन लागेको भन्दै नेपाललाई एक बनाउनका लागि मुर्ति निर्माण गर्न लागिएको उनको भनाई छ ।

सबै नेपालीले एक एक रुपैयाँ उठाए मात्रै तीन करोड भन्दा बढी रकम संकलन हुने र नेपाली आमाको मुर्तिमा सबै नेपालीले आफ्नो लगानी भएको अनुभुती हुने भएकाले सबै नेपालीबाट एक एक रुपैयाँ संकलन गर्न लागिएको उनले वताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने