May 22, 2018

६१३ जना पत्रकारको दुर्घटना बीमा आजदेखि लागू

चालु आर्थिक वर्ष २०७४÷०७५ को पत्रकार दुर्घटना बीमा अन्तर्गत पहिलो चरणमा ६१३ जना पत्रकारको दुर्घटना बीमा आजदेखि लागू भएको छ ।

सूचना विभागमा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक बालकृष्ण घिमिरे र महासंघका कोषाध्यक्ष राजेश मिश्रले एनएलजी बीमा कम्पनीका प्रतिनिधिलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभयो ।

नेपाल पत्रकार महासंघ, सूचना विभाग र एन एनएलजी कम्पनी लिमिटेडबीच २०७४ चैत २ गते भएको सम्झौता बमोजिम ३१० रूपैयाँ ७५ पैसाका दरले ६१३ जना पत्रकारको १,९०,४८९ रूपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल पत्रकार महासंघले पत्रकार दुघर्टना बीमाका लागि तीन वर्षदेखि पत्रकारहरुको विवरण संकलन गर्दै आएको छ ।
पत्रकार दुर्घटना निर्देशिका २०७० अनुसार २५ प्रतिशत शूल्क पत्रकार स्वयम काम गर्ने सञ्चार गृहले व्यहोर्ने व्यस्था रहेको छ । बाँकी ७५ प्रतिशत शुल्क सरकारी पत्रकार बीमा कोषबाट व्यवस्था हुने व्यहोरा रहेको छ ।

उक्त सम्झौता अनुसार श्रमजीवी पत्रकारका लागि ७७ रुपैयाँ ०६९ पैसा पत्रकार काम गर्ने सञ्चारगृहले तिरिदिनुपर्ने छ । बाँकी ७५ प्रतिशतले आउने २३३ रुपैयाँ ०६ पैसा सरकारका तर्फबाट व्यहोरिएको छ ।

यो सुविधाबाट कार्यक्षेत्रमा क्रियाशील रहँदा बीमित पत्रकारको चोटपटकका कारण शरीर ७५ प्रतिशतभन्दा बढी अशक्त भएको खण्डमा पाँच लाख रुपियाँसम्म पाउने छन् । त्यस्तै दुर्घटनाबाट उत्पन्न उपचारमा लागेको वास्तविक खर्चको बिल अनुसार दुई लाख रुपियाँसम्म बीमा कम्पनीले व्यहोर्ने छ । उपचारमा लाग्ने २० प्रतिशत बराबरको रकम भने पत्रकार स्वयम्ले व्यहोर्नुपर्ने पत्रकार दुर्घटना बीमा निर्देशिका, २०७० मा उल्लेख छ ।

यो आर्थिक वर्ष दोस्रो चरणको पत्रकार दुर्घटना बीमाका लागि पत्रकारको बिवरण आजैबाट संकलन गरि जेठ मसान्तसम्म प्राप्त भएकालाई प्रकृयामा अघि बढाइने छ । दुर्घटना बीमाको सुविधामा सहभागि हुन सूचना विभागको पत्रकार परिचय पत्र लिइ नविकरण गरेको तथा नेपाल पत्रकार महासंघको सिफारित अनिवार्य गरिएको छ । महासंघले बीमा कार्यक्रममा सहभागिहुन सबै पत्रकारलाइ आवह्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी