३८८ मत ल्याएर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीमा निर्वाचन

deuwa-sad

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी ३८८मत ल्याएर मुलुकको ४० औँ प्रधानमन्त्रीका रुपमा चौथो पटक सत्तामा पुगेका हुन् । उनकाे  विपक्षमा १७० मत पर्याे । संसदमा हाल कायम रहेका ५९३ सांसदमध्ये ५५८ जना उपस्थित थिए ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रि फोरम, संघीय समाजवादी फोर, राष्ट्रिय जनता पार्टी लगायत अन्य साना दलको समर्थनमा देउवा १२ बर्ष ४ महिनापछि फेरि सत्ताको नेतृत्व सम्हाल्न पुगेका छन् । संसद

नेकपा एमाले, नेपाल मजदुर किसान, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतले देउवाको विपक्षमा मतदान गरे ।

देउवाको विगत हेर्दा

पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोराको रुपमा २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा जन्मिएका थिए देउवा । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने देउवा पार्टी संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिएका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि उनी विपीको बिचारबाट प्रभावित भए ।

बि.सं.२०३१ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेका देउवा नेपाल बिद्यार्थी संघका संस्थापक सभापति पनि हुन् ।

२०४८ देखि २०५१ सम्म गृहमन्त्री भएका देउवाले २०५१ मा भएको मध्यावधि चुनावपछि पहिलोपटक कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएसँगै तत्कालिन नेकपा एमालेका मनमोहन अधिकारीको नेतृत्वको पहिलो कम्युनिस्ट सरकार ढलेपछि २०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्ने सौभाग्य पाए ।

विसं २०५६ मा कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत बनेका थिए देउवा ।

त्यतिबेला भूमीगत माओवादी नेताको टाउकोको मूल्य तोकेर देउवा आलोचित भएका थिए । तीनै देउवा यतिबेला सोही माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।

विसं २०५८ मा दोस्रो पटक प्रधानमन्त्री भएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन नसकेको भन्दै बर्खास्तीमा परे ।

विसं २०५९ जेठ ८ मा संसदीय दलको नेता एवं् प्रधानमन्त्री रहेकै बेला संसद् विघटन गरेपछि पार्टी बिभाजन भयो । कांग्रेस विभाजनपछि देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बने ।

तत्कालिन राजा ज्ञानेन्द्रवाट बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा पुनः देउवा ज्ञानेन्द्रबाटै तेस्रो पटक प्रधानमन्त्री बनाइए । तर, फेरि ज्ञानेन्द्रबाटै २०६१ माघ १९ गते देउवालाई प्रधानमन्त्री हटाएर ज्ञानेन्द्रले नै नजरबन्दमा राखे ।

२०५९ मा बिभाजित काँग्रेस सभापति गिरीजाप्रसाद कोइरालालाई सभापति मान्न तयार भएपछि २०६४ मा पार्टी एकता भयो र देउवा बरिष्ठ नेताको रुपमा दोस्रो बरियतामा रहे ।

पार्टी एकतापछि सभापति र संसदीय दलको नेताका लागि पटक–पटक चुनाव लडेपनि जित्न सकेनन् । तर, १३ औँ महाधिबेशनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति र संसदीय दलको नेता बन्दै प्रधानमन्त्री समेत बनेका छन् ।

पञ्चायतविरुद्धको संघर्षमा भारत प्रवास नगई नेपालभित्रै विद्यार्थी आन्दोलनमा सक्रिय भएका देउवा पटक–पटक गरी १० वर्ष जेलजीवन बिताएका छन् । जेलमा चरम यातनाको क्रममा देउवाको जिब्रोमा करेण्ट समेत लगाइएको थियो ।

चुनौती र अवसर
तत्कालिन माओवादीले चलाएको शसस्त्र बिद्रोहको समयमा तीन पटक प्रधानमन्त्री भएका देउवाका लागि चौथो सत्तारोहण चुनौति र अवसर उत्तिकै रहेका छन् ।

माओवादी र कांग्रेसको सहकार्यमा सरकारमा पुगेका देउवाका लागि राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याएर दोस्रो चरणको ४ सय ६१ स्थानीय तहको चुनाव गराउनु पहिलो चुनौति छ ।

संबैधानिक ब्यवस्था अनुसार प्रदेश र संघको चुनाव माघ ७ भित्र गराउनु अर्को चुनौति हो भने संविधान कार्यान्वयन गर्न मधेश केन्द्रीत दलको माग संशोधन गर्ने जिम्मा देउवाको काँधमा आएको छ ।

प्रतिपक्षी नेकपा एमाले मात्र होइन पार्टीभित्रै रामचन्द्र पौडेलपक्षको चित्त बुझाउन पनि देउवाको लागि कम चुनौति हुनेछैन् ।

यी मुद्धा देउवाका लागि सफल प्रधानमन्त्री बन्ने अवसर पनि हुन् । देशमा विद्यमान समस्या र चुनौतिलाई दलीय छलफलका माध्यमबाट सहज अवतरण गर्न सके भने देउवाका लागि यो चौथो सत्तारोहण स्वर्णिम बन्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा