१ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले एक रन बनाउँदा दुुई विकेट गुमायो । पहिलो ओभरमा ललित राजवंशीले दोश्रो र तेश्रो बलमा निरन्तर विकेट लिँदै मेडन राखे । दोश्रो ओभरमा सन्दीपले एक रन मात्रे दिए । तेश्रो ओभरमा ललितले २ रन खर्चिंदा चौथो ओभरको पहिलो र पाँचौ बलमा विकेट झार्दै सन्दीपले पनि मेडन राखेपछि भुटानको इनिङ धरासयी बन्यो ।
छटौं ओभरमा पाँचौ बलमा सन्दीपले पाँचौ विकेट लिँदा सातौं ओभरको पाँचौ बलमा ललितले पनि व्यक्तिगत तेश्रो विकेट लिँदै भुटानका ६ जनालाई पेवेलियन फर्काए । भुटान त्यसपछि पनि सम्हालिन सकेन, नेपाली बलर एकपछि अर्को गर्दै हाबी भए । नवौं ओभरमा बसन्त रेग्मीले र दशौं ओभरमा दिपेन्द्रसिं ऐरीले एक एक विकेट लिए ।
११ औं ओभरमा वसन्तले पनि मेडन राख्दै एक विकेट लिएपनि १२ औं ओभरमा दिपेन्द्रले १० रन खर्चिए । ११ ओभरको समाप्तीमा नौ विकेट गुमाएर १६रनमात्रै बटुुलेको भुटानको अन्तिम विकेट लिन भने नेपालले केहीबढि संघर्ष गर्नु पर्यो । भुटानको अन्तिम विकेट १७ औं ओेभरको चौथो बलमा शरद भेसवाकरले लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो । नेपालका लागि प्रदिप ऐरीले नटआउट ७५ रन बनाएपछि नेपालले सम्मान जनक स्कोर बनाएको हो । उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । प्रदीप प्लेयर अफ दि म्याच घोषित भए ।
तेस्रो बलमा विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको इनिङस प्रदिप र अनिल साहले सम्हाले । यी दुइले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । अनिलले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे ।
करण केसीले अन्तिम दुई ओभरमा ५ बलको सामना गर्दै नटआउट ११ रन प्रहार गरे । आरिफ शेखले १५ बलमा १३ रनको योगदान दिँदा दिपेन्द्रसिंह ऐरी १० बलमा २ चौकासहित १५ रन जोड्दै आउट भए ।
भुटानका संजिवन गुरुङ, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले एक एक विकेट हात पारे ।लगातार चौथो जित दर्ता गरेको नेपाल तालिकाको शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान आठ विकेटले हराएको थियो। तेस्रो खेलमा आइतबार थाइल्याण्डलाई डकवर्थ लुइस नियमका आधारमा एक सय ४० रनले पराजित गरेको थियो।
१ जित दर्ता गरेको भुटान भने छैटाैँ स्थानमा छ ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको