१ लाख कार्यकर्ता उतार्ने विप्लव नेतृत्वको नेकपाको दाबी, चोकचोकबाट निस्कियो र्‍याली !

मंसिर ८, काठमाडाैं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिवार(आज) जनसभा गर्दैछ । 

पार्टी पुनर्गठन दिवसको अवसमार काठमाडौंमा जनसभाको आयोजना गरेको नेकपाले जनाएको छ । 

प्रदर्शनीमार्गको मुख्य सडकमा कार्यक्रमको लागि मञ्च बनाइएकोछ । 

सभामा देशभरबाट एकलाख कार्यकर्ता उतार्ने नेकपाले दाबी गरेको छ । 

त्यसका लागि राजधानीका विभिन्न नाकाहरुबाट नेकपाको जुलुस यतिबेला भृकुटीमण्डपतर्फ गइरहेको छ ।  कालिमाटी, लैनचोर र बबरमहलबाट र्याली निकालिने नेकपाले बताएको छ ।

कार्यक्रमलाई नेकपाका प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको र पार्टीको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ । 

कार्यक्रममा अन्य केही साना दलका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

नेकपा मालेका महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक