१ लाखको लोभ देखाएर, एनसेल यसरी लुट्दैछ अर्बौं !

 काठमाडौं, ३० भदौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एक्जिएटाको नेपाल स्थित रहेको एनसेलले गत हप्तादेखि एउटा नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।१० हप्तासम्मको लागि ल्याईएको यो ‘स्किममा १ हप्ताभित्र १०० रुपैयाँ भन्दा बढि रिचार्ज गर्ने ग्राहकमध्येबाट १० जनाले १.१ लाखको दरले पाउनेछन् । १ सय रुपैयाँ रिचार्ज गर्दा १ लाख रुपैयाँ प्रलोभनमा सामान्य सेवाग्राही नफस्ने त कुरै भएन ।

उनीहरु १ लाख रुपैयाँ पाउने आशामा १ चोटी होईन, दैनिक दशौँ पटक रिचार्ज गर्न पछि पर्दैनन् । यसको मतलब यो हो की, उनीहरुलाई एनसेलले कसरी ठगि रहेको छ भन्ने कुरा पत्तै पाउँदैनन् ।एनसेलले यस्तो स्किम ल्याएको पहिलो हप्ता नै साँढे ८४ करोडको हाराहारीमा कमाएको देखिन्छ । पहिलो हप्ताको स्किमभित्र ८४ लाख ५२ हजार २ सय १९ जना सेवाग्राहीले रिचार्ज गरेको एनसेलका एक अधिकारीले बताए ।यसबाट एनसेलले ८४ करोड ५२ लाख २१ हजार ९ सय रुपैयाँ अशुली गरेको देखिन्छ । १ अर्बको हाराहारीमा रकम अशुली गरेको एनसेलले ग्राहकहरुलाई भने १० लाख रुपैयाँ पुरस्कारको रुपमा दिनु कूनै नौलो कुरा भयो र ?यो हिसाबमा एनसेलले पहिलो हप्तामा नै ८४ करोड ४२ लाख २१ हजार ९ सय रुपैयाँ ब्रम्हलुट गर्न सफल भएका छन् । ‘यसरी उपहार योजनाको नाममा अर्बौं रुपैयाँ ठग्नु कर्पोरेट अपराध हो,’ एक अधिवक्ता भन्छन्,‘एनसेललाई कर्पोरेट क्राइम अन्तगर्त मुद्दा चलाउनुपर्छ ।’

१० हप्तासम्म कत्ति कमाउँछ ?

पहिलो हप्तामा नै साढे ८४ करोड कमाएको एनसेलले १० हप्ताभित्र साढे ८ अर्ब रुपैयाँ ग्राहकबाट अशुली गर्ने देखिन्छ । ग्राहकको संख्यामा अझै बढोत्तरी हुने भएसँगै कारोबार अझै बढ्ने र यसको रुपैयाँ अझै धेरै हुने सजिलै आँकलन गर्न सकिन्छ ।एनसेलको नयाँ स्किम अनुसार २ करोड ग्राहकमध्येबाट १० महिनामा अरबौँ हैन खरबौँ रुपैयाँ उठाईनेछ र ग्राहकलाई जम्मा १ करोडको ललीपप देखाइनेछ । हुन त राज्यलाई नै ६१ अर्ब भन्दा धेरै लाभांश कर नतिरेर राज्य माथि नै लूट मच्चाइरहेको एनसेलबाट नागरिक लुटिनुको के अर्थ होला र ?

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

 फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत