१३ औं सागमा २५ खेल

422321-south-asian-gamesकाठमाडौं । सन् २०१९ मा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा २५ खेल समावेश हुने भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौंमा सोमबार भएको पत्रकार सम्मेलनमा १३ औं सागमा २५ खेल निश्चित भई सकेको भन्दै अब एक खेल थप हुन पनि सक्ने बताए । 

१३ औं साग निर्धाति मितिमा हुने दाबी गर्दै उनले भने “ नेपालले हक्की खेल पनि राख्न चाहन्छ भने ओलम्पिक कमिटि अफ एसियाको तर्फबाट टफ उपलब्ध गराउने छ । तर हाम्रो भौतिक संरचनाको कारण तत्काल निर्णय भएको छैन ।”

१३ औं साग सन् २०१९ को मार्च ९ देखि १८ तारिखसम्म काठमाडौं र पोखरमा हुने मिति तय भएको छ । “१३ औं सागको आयोजनाको लागि हामीलाई सरकारले प्रतिबद्धतासहितको पत्र पठाएको छ । भौतिक पूर्वाधार निर्माण र पुनसंरचना भैरहेको छ । पूर्वाधारको लागि स्पिडअपको मात्रै खाँचो छ ।” अध्यक्ष श्रेष्ठले भने, 

त्यस्तै कार्यक्रममा अध्यक्ष श्रेष्ठले ओलम्पिक कमिटिको विवादका कारण १३ औं साग नेपालमै हुन या नुहने भन्ने अन्यौलता हटिसकेको बताए । नेपालको दुई शहरमा हुने खेलमा कुन–कुन इभेन्ट समावेश गर्ने भन्ने बारे दक्षिण एसियाली ओलम्पिक काउन्सिलको जनवरीमा काठमाडौंमा बस्ने चौथो बैठकले निर्धारण गर्ने बताए । 

१२ औं सागसम्म विभिन्न खेलहरु फेरबदल भैरहेको अवस्थामा यसपटक ओलम्पिक खेल फेन्सिङ पहिलो पटक साग खेलकुदमा समेटिएको छ । नेपालले आयोजना गर्ने अधिकार पाएपछि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको तेस्रो बैठक बसिसकेको छ । 

काठमाडौंमा डिसेम्बरमा बसेको पहिलो बैठकले विधान संशोधन लगायत दक्षिण एसियाली ओलम्पिक काउन्सिलको मुख्य कार्यालय काठमाडौंमा राख्ने प्रस्ताव पारित गरेको थियो । यस्तै जुनमा भुटानमा बसेको दोस्रो बैठकले विभिन्न २८ खेल प्रस्ताव गरेको थियो । पाँचौं इन्डोर एसियाली मार्सल आर्टस् गेम्सको दौरान तुर्किमिनिस्तानको आस्कवादमा बसेको तेस्रो बैठकले २३ खेल सहमतिमार्फत र बाँकी दुई खेल आयोजकले राख्न पाउने निर्णय गरेको थियो । 

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ (पहिलोपटक समावेश), फुटबल, गल्फ (आयोजक), ह्याण्डबल, जुडो, कबड्डी, कराते (आयोजक), खो–खो, सुटिङ, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, रेस्लिङ र उसु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति