२९ असार, तनहुँ । आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा उनको गृहनगर तनहुँमा आयोजना भएको १३औं भानुकप फुटबलको उपाधि सिद्धगुफा क्लवले जितेको छ ।
प्रस्तावित भानु रंगशालाको मैदानमा बिहीबार भएको फाइननलमा छपेली युवा क्लवलाई पेनाल्टी शुटआउटमा ५-४ गोलले पराजित गर्दै स्थानीय क्लव सिद्धगुफा बिजेता बनेको हो ।
खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।
उपाधिसँगै सिद्धगुफा क्लव ले नगद १ लाख १ हजार १०१ पुरस्कार पाएको छ भने उपबिजेतामा चित्त बुझाएको छपेली क्लवले ५५ हजार ५५५ पुरस्कार पाएको छ ।
असार २० गतेबाट सुरु भएको प्रतियोगितामा तनहुँ, धादिङ, चितवन, कास्की, लम्जुङ र गोरखाका २२ टिमले सहभागिता जनाएका थिए ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको