हैदराबादलाई हराउँदै चेन्नई आइपिएल फाइनलमा

मुम्बई (एजेन्सी)– चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ८ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । टोलीका लागि फाफ डु प्लेसिसले अविजित अर्धशतक पुरा गरेका थिए । ४२ बल खेलेका डु प्लेसिसले ५ चौका र ४ छक्का प्रहार गरे ।  सुरेश रैनाले २२, सर्दुल ठाुकरले ५ बलमा ३ चौकासहित १५ र दीपक चाहारले १० रन बनाए अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अम्बाटी रायडु शून्यमा आउट भए भने कप्तान महेन्द्रसिंह धोनी ९, ड्वान ब्राभो ७, रविन्द्र जडेजा ३ रनमा आउट भएका थिए । हैदराबादका सन्दीप शर्मा, सिद्धार्थ काउल र रसिद खानले समान २ विकेट र भुवनेश्वर कुमारले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको हैदाराबादले कार्लोस ब्रेथवेटको अविजित ४३ रनका साथ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । २९ बल खेलेका कार्लोसले १ चौका र ४ छक्का प्रहार गरेका थिए ।

कप्तान केन विलियम्सन र युसुफ पठानले समान २४, श्रीभाट्स ग्वस्वामी र सकिब अल हसनले समान १२ रन जोडेका थिए । चेन्नईका लागि ड्वान ब्राभोले २, दीपक चाहार, लुङ्गी एनगिदी, सर्दुल ठाकुर र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए ।

आइपिएलको एलिभिनेटरमा बुधबार कोलकाता नाइट राइजर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको विजेताले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा हैदाराबादको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल