January 5, 2020

हिमपातले धनकुटाका सडक अवरुद्ध, हिउँ पन्छाउँदै सेना र प्रहरी

सिधुवा बजारदेखि नुनथलासम्म सडकमा बाक्लो हिउँ जमेपछि सिधुवा हुँदै संखुवासभा, तेह्रथुम जिल्ला जाने आउने सयौँ सवारीसाधन रोकिएका छन्।

सवारी रोकिएपछि सयौं यात्रु बीचबाटोमा अलपत्र भएका छन्। सडक खुलाउनका लागि सशस्त्र प्रहरीको टोली ४० जना र नेपाली सेनाको ३५ जनाको टोली खटिएर काम गरिरहेको धनकुटामा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरेले जानकारी दिए।

सडकमा भएको हिउँ पन्छाउनका सशस्त्र प्रहरीको नेतृत्व गरेर खटिएका सशस्त्र प्रहरी बल ६ नम्बर गुल्म धनकुटाका प्रमुख डिएसपी सचिन कर्माचार्यले अब केही समयपछि सडक खुल्ने जानकारी दिए। अवरुद्ध सडक खुलाउन छथर जोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वुको नेतृत्वमा विपद व्यवस्थापन समितिकाको टोली पनि व्यवस्थापन सामाग्रीका साथ त्यहाँ पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा