‘हाम्रोभन्दा नेपालको टिम धेरै राम्रो छ ’ : माल्दिभ्स प्रशिक्षक

साफ च्याम्पियनशिपको सेमिफाइनलमा बुधबार नेपाल माल्दिभ्सविरुद्ध मैदानमा उत्रिँदैछ ।

बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा हुने खेल नेपाली समय अनुसार पौने चार बजे हुनेछ । प्रतियोगिताका लागि नेपाली टिमले मंगलबार सामान्य अभ्यास गरेको छ ।

सेमिफाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबारको दिन नेपाली फुटबलका लागि ऐतिहासिक क्षण बन्ने दावी गर्नुभयो ।

समग्रमा चौथो पटक सेमिफाइनलमा पुगे पनि नेपाल अहिलेसम्म फाइनलमा पुगेको छैन । 

‘हामीले अहिलेसम्म फाइनलको यात्रा तय गर्न सकेका छैनौं । भोलीको खेल नेपाली फुटबलको लागि ऐतिहासिक क्षण बन्नेछ,’ प्रशिक्षक महर्जनले भन्नुभयो ।

‘व्यक्तिगत रुपमा खेलाडीहरु क्षमतावान छन् । दिनप्रतिदिन मेरा खेलाडीहरु प्रदर्शनमा सुधार गर्दैछन्’ प्रशिक्षक महर्जनले भन्नुभयो,‘हामीले तीन खेलमा सात गोल गरिसकेका छौं । हाम्रा खेलाडीहरु स्कोरमा निकै राम्रो देखिएका छन् । बेन्चमा बसेका खेलाडी पनि गोल गर्न सक्षम छन् ।’

नेपालका कप्तान विराज महर्जनले अघिल्ला खेलको प्रदर्शनले गर्दा टिममा आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयोे ।
‘सेमिफाइनलमा प्रतिद्वन्द्वीका रुपमा माल्दिभ्स पाउँदा खुसी छौं । हामी उत्कृष्ट खेल्नेछौं, जित निकाल्नेमा विश्वस्त छौं,’ कप्तान विराजको भनाई छ ।

माल्दिभ्सका प्रशिक्षक पिटर सेग्रटले अघिल्लो खेलभन्दा राम्रो खेल्ने प्रतिक्रिया दिए । समूह चरणको खेलमा माल्दिभ्सले कुनै पनि गोल गर्न सकेको थिएन । पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरीमा अंक बाँडेको माल्दिभ्स दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएको थियो । 

श्रीलंका र माल्दिभ्सको समान गोलअन्तर भएका कारण टस गरेर उपविजेताको छिनोफानो भएको थियो, जसमा माल्दिभ्स भाग्यमानी सावित भएको थियो । 

प्रशिक्षक सेग्रटले भने,‘हामी अघिल्लो खेलभन्दा राम्रो खेल्ने प्रयास गर्नेछौं । नेपालको धेरै राम्रो टिम छ ।’

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म जम्मा ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भन दुई खेल बराबरीमा सकिएको थियो । साफ च्याम्पियसिपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो ।

समग्रमा भने नेपाल र माल्दिभ्स १५ पटक खेलेका छन् । नेपालले चार खेल जितेको छ भने सात खेलमा पराजय भोगेको छ । बाँकी चार खेल बराबरीमा सकिएका छन् । नेपाल र माल्दिभ्स अन्तिम पटक सन् २०१२ मा मैत्रिपूर्ण खेलमा भिडेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

 फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत