February 10, 2017

जेठ १ भित्र स्थानीय चुनाव गर्ने ‘समझदारी’

Prachanda-oli-and-narayan-kaji२८ माघ, काठमाडौं । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।

 

निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ ।

स्रोतहरुका अनुसार सरकारले अब फागुन ७ वा ८ गते नै चुनावको मिति घोषणा गर्नेछ ।

चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको बैठकमा एमाले उपाध्यक्ष भीम रावल पनि सहभागी थिए ।

एमाले र माओवादी शीर्ष नेताहरुको बैठकअघि माओवादी नेता श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।

माओवादी नेता श्रेष्ठ भन्छन्, ‘म आशावादी छु कि ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा हुन्छ र स्थानीय तहको प्रतिवेदन फाइनल गरेर आयोगलाई बुझाइन्छ ।’

निर्वाचन आयोगले स्थानीय तहको चुनाव कम्तिमा दुई चरणमा गर्नुपर्ने बताएको छ । त्यस आधारमा वैशाख २९ वा जेठ १ गते पहिलो चरणको चुनाव गर्ने तयारी छ ।

संविधान संशोधनबाट पछि हटेको छैनौं: श्रेष्ठ

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेबरहादुर देउवाले मधेसी मोर्चालाई संविधान संशोधन प्रक्रिया टुंगोमा पुगेपछि मात्र चुनावको मिति घोषणा गर्ने बचन दिएका थिए ।

तर, व्यवस्थापिका संसद बैठक फागुन १० गतेसम्मका लागि स्थगित भएको छ । र, आयोगले ८ गतेको म्याद दिएकाले संशोधन प्रक्रिया जारी रहँदा नै चुनावको मिति घोषणा गर्नुपर्ने बाध्यता आइपरेको नेताहरुले बताएका छन् ।

‘संविधान संशोधन प्रस्ताव टुंगो लगाएपछि मात्रै चुनावको मिति घोषणा गर्दा निर्वाचन आयोगले भ्याउँदैन भन्यो । त्यसलाई ध्यान दिएर घोषणा गर्न खोजिएको हो’ माओवादी नेता श्रेष्ठ भन्छन्, तर, संविधान संशोधन प्रस्ताव फिर्ता लिने वा छोडेको होइन ।’

उनका अनुसार अरु पार्टीका साथै एमालेसँग पनि छलफल जारी राखिनेछ र मधेस केन्दि्रत दलहरुसँग छलफल गरेर संशोधन प्रक्रियालाई टुंगोमा पुर्‍याइनेछ ।

दलहरुको सक्रियता

पछिल्लो समय राष्ट्रपति विद्या भण्डारीले प्रमुख दलहरुका नेताहरुलाई भेटेर सचेत गराएकी थिइन् । त्यसपछि दलका नेताहरु चुनावको वातावरण बनाउन घनिभूत छलफलमा जुट्न थालेका हुन् ।

राष्ट्रपतिले बिहीबार माओवादी नेता श्रेष्ठका साथै मधेसी मोर्चा एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टा छुट्टै छलफल गरेकी थिइन् ।

यो भेटलगतै माओवादी नेता श्रेष्ठले निर्वाचन आयोगको टीमसँग छलफल गर्नुका साथै राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग पनि सम्वाद गरेका थिए । साथै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

श्रेष्ठकै पहलमा शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता भएको थियो ।

एमाले उपाध्यक्ष भीम रावलका अनुसार भेटमा ओलीले बोलेर होइन, मिति तोकेर व्यवहारमै चुनावप्रतिको इमान्दारिता देखाउन प्रचण्डलाई आग्रह गरेका छन् ।

रावलले भने, ‘प्रधानमन्त्रीको कुरा अझै पनि क्लियर छैन, चुनावको तयारी भइरहेको छ भन्नुभयो । तर, हामीले तयारी होइन मिति नै चाहियो भन्यौं । वास्तवमा आज एमालेले चुनावबारे गम्भिररुपमा ध्यानाकर्षण गराएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल