प्रधानमन्त्री केपी ओलीले सरकारले सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सुखसहितको समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेकोे पनि दाबी गरे ।
उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने परिकल्पनालाई साकार पार्न सबै क्षेत्रको सहयोगको आवश्यक्तामा जोड दिए । शुक्रबार काठमाडौंमा कारोबार आर्थिक पत्रिकाले आयोजना गरेको आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि रहेको पनि दोहोर्याए ।
प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई पनि पुनः आह्वान गरे । नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारले कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा सत्तारुढ भारतीय जनता पार्टीका नेता गोपालकृष्ण अग्रवालले आर्थिक प्रजातन्त्रबारे चर्चा गर्दै भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताए ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक