हङकङ तामाङ घेदुङले पायो पूर्ण कार्यसमिति

 

मंसिर ३, हङकङ । हङकङ तामाङ घेदुङको कार्यसमितिले पुर्णता पाएको छ । घेदुङले ११ जनाको पदाधिकारी सहित पूर्ण कार्यसमिति बनाएको हो।
११ नोभेम्बरमा भएको अधिवेशनले अध्यक्षमा विश्व घिसिङलाई मात्र सर्वसम्मत चयन गरेको थियो । प्राविधिक कारणवस उक्त अधिवेसनमा अध्यक्ष बाहेक अन्य पदाधिकारीलाई चयन गर्न नसकिएको हङकङ घेदुङले जनाएको थियो ।
बाँकि कार्यसमिति एक हप्तापछि विस्तार गर्ने योजना अनुसार समितिलाई पूर्णता दिइएको कुरा अध्यक्ष विश्व घिसिङले जानकारी गराए । घेदुङकाे उपाध्यक्षमा रमेश मोक्तान, शोभा योन्जन(महिला), महासचिवमा राज नेगि, सचिब कुमार पाख्रीन, कोषाध्यक्ष दिलिप थिङ, सह–कोषाअध्यक्ष प्रतिमा घिसिङ निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा कृष्ण थिङ, निल वाइबा,अनिता तामाङ, कृष्ण वाइबा रहेका छन । घेदुङको सल्लाकार समितिमा बिष्णु स्याङ्बो, प्रताप बम्जन, रोहित बल,कृस्ण ध्वज दोङ र अनु योन्जन रहेको घेदुङले जनाएको छ ।

घेदुङको प्रमुख संरक्षकमा बिनोद बल रहेका छन् । संरक्षक समितिको सदस्यमा प्रेम लामा, विस्णु पाख्रीन, जङधन थिङ, बाबुराम पाख्रीन, कृष्ण स्याङ्तान र कला तामाङ रहेका छन् ।

गत आइतबार याक एन्ड यती रेष्टुरेण्ट, जोर्डन हङकङमा हङकङ तामाङ घेदुङको ११ औं अघिवेशन भएको थियो । ।
अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङले उम्मेदवारी दिऐपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

हङकङ तामाङ घेदुङका कार्यबाहक अध्यक्ष युवराज लामाको सभाध्यक्षतामा उक्त अधिवेशन भएको थियो । अधिवेशनमा निर्वाचन मन्डलको संयोजक प्रेम लामा थिए । साथै,निर्वाचन मण्डलमा पाँच जना सदस्य रहेका थिए ।
हङकङ घेदुङको अध्यक्षभएसँगै घिसिङले हङकङमा विभिन्न पेशा व्यवसाय गर्दै आएका आम तामाङ जातिलाई साझा घर ‘घेदुङ’ मा ल्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण