April 10, 2018

स्वेच्छिक अवकाश कर्मचारीको अधिकार नभएर सुविधा, अहिले स्थगित : मन्त्री लालबाबु

विराटनगर, चैत २७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी स्वेच्छिक अवकाश कर्मचारीको अधिकार नभएर सुविधा भएको बताएका छन् । उनले सरकारले अहिलेलाई कर्मचारीले सो सुविधा नपाउने पनि स्पष्ट पारेका छन् ।

विराटनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया अहिले स्थगित गरेको जानकारी दिए । मन्त्री पण्डितले संघीयता कार्यान्वयनको घडीमा राष्ट्रसेवक कर्मचारीलाई विदाईको सट्टा काममा लगाउन आवश्यक भएको बताए । उनले खटिएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्ने पुनः दोहोर्याए । उनले भने, ‘कर्मचारीहरुलाई खटाएको ठाउँमा जान अल्टिमेटम दिइसकेको छ, काममा नखटिने कर्मचारीलाई कानुन सम्मत ढंगले हटाउनेसम्मको कारवाही हुन्छ ।’

कर्मचारीहरु खटिसकेपछि नयाँ संरचना अनुसार कर्मचारी समायोजनको प्रक्रिया सुरु गर्ने मन्त्री पण्डितले बताए ।

उनले सचिव सरुवा मन्त्री परिषद्को निर्णयले भएको भन्दै कसैले चित्त दुखाउन आवश्यक नभएको बताए।‘मन्त्रालयहरुमा सचिवहरुको सरुवा क्याबिनेटको निर्णयले भएको छ,’ उनले भने, ‘सचिव सरुवाको अधिकार प्रधानमन्त्रीको भएकोले उहाँसँगै सल्लाह गरेर गरिएकोले यसमा कसैले चित दुखाई गर्नु हुँदैन।’

मन्त्रीहरुले आफुले रोजेको, खोजेको र चाहेको सचिव उचित नहुने उनको भनाई थियो। उनले सचिव सरुवा भएर खटिसकेकोले यसमा तत्काल कुनै फेरबदल नहुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा