July 3, 2018

स्वीस बैंकमा  नेपालीको  कालो धन १० वर्षमा ४ गुणाले बढ्यो !!

 
 
 

काठमाडौं,19 असार ।  अकूत सम्पत्ति वाला नेपालीहरुले स्वीस बैंकमा जम्मा गरेको कालो धन सामाजिक संजालमा  हिजोआज  भाइरल भैरहेको छ ।   कालो कमाइबाट आर्जेको कालो धन नेपालीहरूले स्वीस बैंकमा सन् २००८ को तुलनामा सन् २०१७ मा ४ गुणा बढी धन जम्मा गरेको । स्वीस बैंकले जनाएको भनेर डाटासहित सामाजिक संजालमा छरपस्ट भएको छ।  सन् २००८ मा ८६.२२ मिलियन स्वीस फ्र्यांक थियो भने अहिले ०१७ मा त्यो कालो धन बढेर ३२२.८८ मिलियन स्वीस फ्र्यांक पुगेको  डाटामा स्पष्ट देखिन्छ । स्वीस बैंक कालोधन सुरक्षित गर्नमा विश्व प्रख्यात छ ।

यसबारेमा नेपाल सरकारका पूर्वसचिव भीम  उपाध्याय फेसबुकमा लेख्छन् ” नेपाली क-कसको कालो धन रहेछ सरकारले फिर्ता लिन पहल गरे हुने !” 
तर, फिर्ता लिने वा ल्याउने कुरामा विश्वास गर्न गारो छ, किन भने गणतान्त्रिक व्यबस्था आएको १० वर्षको अवधिमा कालो धन बढेर ३२२.८८ मिलियन स्वीस फ्र्यांक पुगेको  छ।  यो अंक ४ गुणाले बढेको हो।  

 

यसमा  गणतान्त्रिक व्यबस्थाका सत्ताधारी र कालो धन आर्जन गर्ने कालो व्यवसाय गर्नेहरु नै भएकाले यी कालो धन वाला राष्ट्रघातीहरुको गणतान्त्रिक व्यबस्थाका शक्ति केन्द्रमा बलियो पहुँच रहने भएकाले यो गणतान्त्रिक व्यबस्थाको   नेकपाको शक्तिशाली सरकारले पनि  स्वीस बैंकबाट  कालोधन फिर्ता ल्याउन पहल गर्छ भन्ने कुरामा नेपाली जनताले एकरत्ति पनि विश्वास गर्न सक्दैनन्।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित