चार पटकको विश्व विजेता जर्मनी आज ‘गर या मर’को अवस्थामा मैदानमा उत्रँदैछ । रसिया विश्वकपमा आफ्नो पहिलो खेल १-० गुमाएको जर्मनी आज स्वीडेनसँग भिड्दैछ । आजको खेल जर्मनीले आफ्नो पक्षमा पारेमा मात्र उ विश्वकपमा रहन पाउँछ । नत्र बाहिरिनुको विकल्प छैन ।
ब्राजिलमा चार वर्ष पहिले च्याम्पियन बनेको जर्मन टीम रसियामा भने खराब लयका साथ पुगेको थियो । जसलाई सुरुआतमै मेक्सिकोले झट्का लगाइदियो ।
जोचिम लोले प्रशिक्षण सम्हालिरहेका जर्मन टीम जसरी पनि फिश्त रंगशालामा जीतका लागि लड्नुपर्ने हुन्छ । विपक्षी टीम स्वीडेन यतिबेला राम्रो अवस्थामा छ । उसले पहिलो म्याचमा कोरियालाई हराएको थियो । समुह ‘एफ’को शीर्षस्थानमा स्वीडेन रहँदा दोस्रो स्थानमा दक्षिण कोरिया छ ।
जर्मनीका मेसुत ओजिलको प्रदर्शन खासै राम्रो नभएको खेल पण्डितहरुले बताउँदै आएका छन् । यस्तो अवस्थामा मुलरलाई ओजिलले साथ दिनुपर्ने हुन्छ ।
जर्मनीसँग युवा स्टार र अनुभवी खेलाडीहरुको संयोजन भएका कारण पनि आजको म्याचमा जीत हासिल गर्ने आशा राख्न सकिन्छ । स्वीडेनविरुद्ध म्याचको परिणामले बताउनेछ ५८ वर्षीय प्रशिक्षक जोचिम लो आफ्नो भूमिकालाई कति समयसम्म टिकाउँछन् भन्ने ।
उता अन्डरडग स्वीडेनसँग जर्मनीलाई हराएर नकआउट चरणमा पुग्ने सुनौलो अवसर छ । स्वीडेन पछिल्लो दुई विश्वकपमा क्वालिफाई हुन सकेको थिएन । दक्षिण कोरियाविरुद्ध आंद्रियस ग्र्यांसक्वीस्टको गोल नै निर्णायक बनेको थियो र अर्को चरण प्रवेशका लागि सहज बनाउन सहयोग गरेको थियो ।
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित
फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत
माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत
सिन्धुपाल्चोक, माघ२१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ