स्वीट्जरल्यान्डको उत्कृष्ट पुनरागमन, ब्राजिलसँग अंकमा बराबरी

कलिनइनग्राड (एजेन्सी) – उत्कृष्ट पुनरामगनका साथ सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ । जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी गरेको स्वीट्जरल्यान्डले दोस्रो खेल भने जितेको हो ।

ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेको खेलमा जेर्डन सेकिरीले निर्णायक गोल गरेका थिए । झाकाले टाढाबाट गोल गरेका थिए भने सेकिरीले काउन्टर एट्याकमा खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोलमार्फत सर्बियालाई अग्रता दिलाएका थिए । स्वीट्रल्यान्डको जिपछि समूह इबाट नकआउट चरण पुग्ने सम्भावना रोचक बनेको छ ।

यसअघि ब्राजिलले कोस्टा रिकालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो । पछिल्लो नतिजापछि ब्राजिल र स्वीट्जरल्यान्डको समान ४ तथा सर्बियाको ३ अंक छ । कोस्टा रिका भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम दुई खेलमा ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टा रिकाको सामना गर्नेछ । त्यसैले पनि बाँकी दुई खेल रोचक बन्ने छ । अघिल्लो चरण पुग्ने दौडमा रहेका तीन मध्ये दुई टोलीको टुंगो समूह चरणको अन्तिम दुई खेलले लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।