स्वास्थ्यकर्मीलाई डा.केसीको उपचारमा पठाउने कि बाढीपीडित जनताकोमा : शिक्षामन्त्री

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । सरकारले वार्तामा बोलाउँदा पनि नआएको शिक्षामन्त्रीको गुनासो छ । डा. गोविन्द केसी काठमाडौँ आउन नमानेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौँ ल्याउने बताएका छन् ।

शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले वार्ता भन्दा पनि पहिलो प्राथमिकता उनको स्वास्थ्य सुधार गर्नु रहेको उल्लेख गर्दै केसीले आउन नमाने बल प्रयोग गरेर भएपनि काठमाडौँ ल्याउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने ‘पहिलो प्राथमिकता स्वास्थ्य हो, स्वास्थ्यमा सुधार भएमा मात्रै वार्ता गर्न सकिन्छ, अस्वस्थ व्यक्तिसँग वार्ता हुदैन । डाक्टर केसीलाई बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौँ ल्याउछौ । सञ्चारकर्मीलाई आग्रह गर्दै उनले भने, त्यतीबेला बल प्रयोग भयो भनेर नलेख्नुस्।’

साथै मन्त्री पोखरेलले डा.गोविन्द केसीसँग वार्ताका लागि तयार भए पनि वार्ताका लाजि जुम्ला नपुग्ने स्पष्ट पारेका छन्। समारोहमा पोखरेलले भने, ‘सरकार वार्ताका लागि तयार छ, तर वार्ता जुम्लामा होइन काठमाडौँमा हुनुपर्छ।’

केसीले काठमाडौं नआउने र जुम्लामा पनि उपचार नलिने अडान लिएका छन् । मन्त्री खरलेले डा. केसीलाई लिन शुक्रबार नै एक टोली पठाउने तयारी गरिएको पनि जानकारी दिए ।

मन्त्री पोखरेलले अहिले डा. केसीलाई एक पक्षले उचाल्ने र बहकाउने गरेको पाईएकोले त्यो नगर्न आग्रह गर्दै उनको अनसन तोडाउन र समस्याको समाधान गर्न सबैले सहयोग गर्न आग्रह गरे । उनले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गरे ।

डा. केसीका मागहरु सम्बोधनका लागि एक शक्तिसाली आयोगको परिकल्पना गरिएको र त्यसले समाधान ल्याउने उनले बताए ।

त्यस्तै शिक्षामन्त्री पोखरेलले देश एकतर्फ बाढी पहिरोबाट आक्रान्त भएको बेला केसीले आन्दोलनले थप समस्या निम्ताएको बताए।

‘अनसनले गर्दा डा. केसी बिरामी हुनुहुन्छ, स्वास्थ्यकर्मीहरुलाई डाक्टर केसीको उपचारमा पठाउने कि बाढी पहिरोमा परेका जनतालाई उपचार गर्न पठाउने ! सरकारले के गर्ने ?’, उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने