February 12, 2017

स्वस्ववियु निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली प्रकाशन गरिँदै

१ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आइतबारदेखि औपचारिकरुपमा सुरु भएको छ । विश्व विद्यालयले फागुन १४ गते गर्न लागेको स्ववियु निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन गरिँदैछ ।

विभिन्न क्यापसमा विद्यार्थी भर्नासमबन्धी विवाद सुल्झिएपछि त्रिविले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न लागेको हो । शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नामावली सार्वजनिक गर्ने गरी विद्यार्थी संगठनबीच सहमति जुटेको छ ।

स्ववियु निर्वाचन तालिका अनुसार आइतबार मतदाता नामावली प्रकाशन भएपछि फागुन ४ गते उम्मेदवारको मनोयनपत्र दर्ता गर्ने र ५ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारमाथि परेको दाबी विरोधपछि फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

स्ववियु चुनावमा सभापति, कोषाध्यक्ष र सचिवका लागि प्रत्यक्ष निर्वाचन हुने छ भने अरु पदका लागि समानुपातिक आधारमा चुनिने छन् ।

काठमाडौंको त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स क्याम्पस लगायतमा फर्जी विद्यार्थी भर्नासम्बन्धी विवाद बढेको थियो । यद्यपि, अझै केही क्याम्पसहरुमा भने विद्यार्थी भर्नासम्बन्धी विवाद सुल्भिmसकेको छैन ।

त्रिविले विद्यार्थी भर्नासम्बन्धी विवाद बढेपछि छानविनका लागि तीन सदस्यीय छानविन समितिसमेत बनाएको छ ।

क्रियाशील १० विद्यार्थी संगठनबीच तोकिएकै समयमा निर्वाचन गर्ने र निर्वाचनमा सहभागिता जनाउने शनिबार सहमति भएको छ । यसअघि स्ववियु निर्वाचन पूर्णसमानुपातिक र समावेशी हुनुपर्ने भन्दै केही विद्यार्थी संगठनले आन्दोलन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक