स्ववियु निर्वाचन रोक्न मधेशी विद्यार्थी मोर्चाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

yy-1काठमाडौं, फागुन १७ । स्ववियु निर्वाचन स्थगनको माग गर्दै आएको संयुक्त मधेशी विद्यार्थी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएको छ । मधेशी विद्यार्थी मोर्चाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । संविधान संशोधन विधेयकलाई टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणाले मधेश पूर्ण रुपमा आन्दोलित भएको अवस्थामा कुनै पनि निर्वाचन सम्भव नभएको ठहर मधेशी विद्यार्थी मोर्चाले गरेको छ ।

यथास्थितिमा स्ववियु निर्वाचन हुन नसक्ने भन्दै मधेशी विद्यार्थी मोर्चाले निर्वाचन स्थगनको माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन् । ‘आन्दोलनले तराई–मधेशका सम्पूर्ण क्याम्पस तथा काठमाडौंको अधिकाश स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी, तोडफोड र आगजनी भइराखेको अवस्थामा समेत त्रिवि जस्तो प्राज्ञिक थलोबाट प्रहरी र प्रशासनको आडमा त्रास देखाएर चुनाव गराउनु लोकतान्त्रिक मूल्य र मान्यताको खुलमखुला धज्जी उडाएको देखिन्छ’ प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

साथै मधेशी विद्यार्थी मोर्चाले कुनै ठाउँमा निर्वाचन हुने र कुनै ठाउँमा निर्वाचन नहुनुले देशको एकरुपता माथि प्रश्न उठेको ठहर गर्दै अविलम्ब स्ववियु निर्वाचन रोकी देशैभरि एकैचोटि निर्वाचन गराउन माग गरेको संयुक्त मधेशी विद्यार्थी मोर्चाका नेता रंजित निस्पक्षले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल