November 9, 2017

स्वचालित बसले सेवा सुरु गरेको पहिलो दिनमै दुर्घटना

एजेन्सी : अमेरिकाको लास भेगसमा एउटा स्वचालित यात्रु बस सेवा दिन सुरु गरेको पहिलो दिनमै दुर्घटनामा परेको छ ।

धेरै यात्रुहरु सवार भनिएको उक्त चालकविहीन बस सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा कसैलाई चोटपटक भने लागेको छैन । लरीका चालकको मानवीय त्रुटिका कारण उक्त दुर्घटना भएको बताइएको छ ।

सिटी अफ लास भेगसका प्रवक्ताले बस र लरी सामान्य रुपमा ठोक्किएको र नियमित जाँचपछि बस पुन सञ्चालनमा आउने बताएका छन् । उक्त चालकविहीन यात्रु बस अमेरिकाका सार्वजनिक सडकमा पहिलो पटक गुडाइएको त्यस्तो प्रकृतिको सवारी साधन हो । अधिकतम गति ४५ किलोमिटर प्रति घण्टा रहेको मानव रहित बसमा बढीमा १५ जना यात्रु चढ्न मिल्ने बताइएको छ ।

स्वचालित प्रविधिबाट चल्ने सवारी साधनहरु विगतमा पनि दुर्घटनामा परेका छन् । अहिलेसम्म आएका विवरणमा लगभग सबै दुर्घटनामा मानवीय त्रुटि कारण देखिने गरेको छ । यसअघि उबर नामक कम्पनीले एरिजोनामा चलाएको एउटा स्वचालित गाडी सडकमा रहेको अर्को गाडीका चालकले बाटो नछाड्दा पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण