अग्रणी स्मार्टफोन निर्माता कम्पनी स्यामसङले हालै २ वटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । स्यामसङले ग्यालेक्सी ए-५० ग्यालेक्सी ए-३० नामक स्मार्टफोन सार्वजनिक गरेको हो ।
बजारमा आएका दुईवटै स्मार्टफोनमा ट्रिपल क्यामेरा सेटअप गरेर लन्च गरिएको हो । यी दुबै फोन ग्यालेक्सी ए-५० र ग्यालेक्सी ए-५० को नयाँ भर्सन रहेको कम्पनीले जनाएको छ । यी दुबै फोनमा नाइट मोड, सुपर स्टिडी भिडियो र प्रिमियम फिचर सामेल गरिएको छ । नयाँ फोनका मुख्य विशेषता यस्ता छन् :
एन्ड्रोइड ९.० पाइमा चलाउन सकिने
स्यामसङ ग्यालेक्सी ए-५० मा ६. ४ इन्चको फूल एचडिप्लस इन्फिनिटी यु सुपर एमोलेड (२३४०x१०८० पिक्सेल) डिस्प्ले छ । यो फोनमा १० एनएम एक्सिनोस ९६११ चिपसेट छ जसलाई एआई गेम बुस्टरसँग लिन सकिन्छ । यो एन्ड्रोइड ९.० पाइमा आधारित छ ।
त्यस्तै ग्यालेक्सी ए-३० मा ६. ४ इन्चको एचडीप्लस इन्फिनिटी भि सुपर एमोलेड डिस्प्ले राखिएको छ र यो डिस्प्लेको रिजोलुशन १५६०x७२० छ ।
फोनले फास्ट चार्जिङलाई सपोर्ट गर्छ
ग्यालेक्सी ए-५० र ए-३० मा ४ हजार एमएएच ब्याट्री छ जसले १५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्न सक्छ । यदि ब्याट्री पूरा चार्ज भएमा फोनलाई दिनभर चलाउन सकिने कम्पनीले बताएको छ ।
साथै यी दुबै फोनमा ४ जिबि र्याम र ६४ जिबी स्टोरेजसँगै अक्टा कोर एक्सनोस ७९०४ प्रोसेसर राखिएको छ । यसको इन्टरनल मेमोरी कार्डको मद्दतबाट ५१२ जिबीसम्म बढाउन सकिन्छ ।
ग्यालेक्सी ए-५० मा ट्रिपल रियर क्यामेरा राखिएको छ जसमा ४८ पिक्सेलको प्राइमरी क्यामेरा, ५ मेगापिक्सेलका डेप्थ सेंसर र ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स जडान गरिएको छ । साथै ३२ मेगापिक्सलको सेल्फी क्यामरा समेत छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।