सोनम कपुरको रिसेप्शन पार्टीमा यसरी आमने सामने भए बलिउडका पाँच एक्स कपल

बलिउड अभिनेत्री सोनम कपुरको रिसेप्शन पार्टीमा दिग्गज स्टारहरु उपस्थित भएका छन् । रिसेप्शन हलको दृश्य हेर्न लायक थियो । त्यहाँको हेर्न लायक र ध्यान केन्द्रित गर्ने दृश्य नव विवाहिता अभिनेत्री सोनम र उनका श्रीमान् आनन्द आहूजाबाहेक ती स्टारहरु थिए, जो कुनै समय चर्चित लभ बर्डकारुपमा चिनिन्थे र अहिले एक अर्कासँग कुनै सम्बन्ध नै राख्दैनन् ।

bollyhood

त्यस्ता पाँच पूर्व प्रेमिल जोडीहरु सोनमको रिसेप्सनमा देखा परे, जो एउटै छाना मुनी आफ्नै पार्टनरसँग पार्टीको आनन्द उठाइरहेका थिए ।

यस अघि बिपशा बासुको रिसेप्शनमा ऐश्वर्या रायलाई अभोएड गर्न पार्टीमा ढिलो पुगेका सलमान खानले सोनमको रिसेप्शनमा पनि त्यहीँ फर्मुला दोहोर्‍याएका छन् । तर भारतीय मिडियाहरुकाअनुसार सलमान पार्टीमा पुग्दा ऐश्वर्या राय पनि त्यहीँ उपस्थित थिइन् ।

त्यस्तै श्रीमतीसँग रमाइलो गरिरहेको अभिषेक बच्चनको रमाइलो मुड तब परिवर्तन भयो, जब उनले एकैपटक आफ्नी दुई पूर्व प्रेमिकाको पार्टीमा एकैपटक सामना गर्नुपर्‍यो । सोनमको रिसेप्शनमा अभिषेककी दुवै पूर्व प्रेमिका रानी मूखर्जी र करिश्मा कपुर उपस्थित थिए ।

पार्टीमा कुनै समयमा चर्चित लभबर्ड रणबीर कपुर र कटरीना कैफ पनि उपस्थित थिए । रणबीर कपुर आलिया भट्टसँग देखा परे भने कटरीना पनि सलमान खानसँग अंगालो मारेर ब्रेकअपको पिडाबाट बाहिर आएको संकेत दिइरहेकी थिइन् ।

रणबीर कपुरभन्दा अघि सिद्धार्थ मल्होत्रासँग नाम जोडिएकी आलिया भट्ट र जैकलिन फर्नान्डिजसँग व्यस्त सिद्धार्थ पनि सोनमको रिसेप्शनको पार्टीमा झुमिरहेका थिए ।

श्रीमती मिरा राजपूतसँग सोनमको रिसेप्शनमा पुगेका शाहिद कपुर र श्रीमान् सैफ अलि खानसँग पार्टीको आनन्द लिइरहेकी करिना कपुरबीच आमनेसामने भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं