सेमी-फाइनलमा कोलकाता र हैदराबाद, राजस्थान बाहिरियो

कोलकाता (एजेन्सी) – कोलकाता नाइट राइडर्सले एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाउन सफल भएको छ। अब फाइनलको स्थानका लागि दोस्रो क्वालिफायर्समा एलिमिनेटरको विजेता कोलकाता र पहिलो क्वालिफायर्समा पराजित सनराइजर्स हैदराबाद भिड्नेछन्। 

kolkota

कोलकाताको घरेलु मैदानमा भएको खेलमा राजस्थानले टस जित्दै बलिङ गर्ने निर्णय गरेको थियो। कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। कप्तान दिनेश कार्तिकले सर्वाधिक ५२ रन बनाए भने एण्ड्रेउ रसेल ४८ रनमा अविजित रहे।

१ सय ७० रनको लक्ष पाएको राजस्थानले विकेट जोगाउन सफल भएपनि रन बनाउन सकेन। मात्र ४ विकेट गुमाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ४४ रन बनाएपछि प्रतियोगिताबाट बाहिरियो। यो सिजन कोलकाता र राजस्थानको तेस्रो भेटहो जसमा तीनै खेलमा राजस्थानले हार बेहोरेको छ।

यसअघि हैदराबादलाई पराजित गर्दै चेन्नईले फाइनलमा स्थान बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति