सेनेगल पोल्यान्डविरुद्ध २-१ ले विजयी, समूह एच झनै रोमाञ्चक

मस्को (एजेन्सी) – विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ ।

पोल्यान्डका डिफेन्डर थियागो सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारेका थिए ।

खेलको अन्तिम मिनेटतिर ग्रेग्रोज क्रिचोवियाकले पोल्यान्डलाई फ्रिकिकमा हेडिङ गोल गर्दै खेलमा फर्काउन खोजेपनि सफल भएनन् । यस अघि समूहमा जापानले कोलम्बियालाई २-१ ले हराएको थियो । समूह विजेताका दाबेदार मानिएका कोलम्बिया र पोल्यान्ड दुवै अंकविहिन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति