सेक्स गर्दा विर्य छिट्टो झर्छ ? अपनाउनुस यी उपाएहरु

डा. राजेन्द्र भद्रा । कहिले काँही शीघ्र स्लखनको समस्या हनु सामान्य हो । त्यसैले यस्तो स्थितिमा अनावश्यक चिन्ता गर्नु हुँदैन । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै पनि समाधानको उपाय भने खोज्नुपर्ने हुन्छ । यौन जीवन सुखमय हुन नसक्दा पारिवारिक जीवनमा नै नकारात्मक असर पर्न सक्ने हुँदा यसतर्फ पनि सचेत रहनु पर्छ । शीघ्र स्खलनलाई कम गर्ने उपाय सुरु गर्नासाथ चटक्कै समाधान हुन्छ भन्ने कुरा सोच्नु पनि हुँदैन । यी उपाय अपनाउदा शीघ्र स्खलनलाई कम गर्न सकिन्छ ।

 

 

sex

 

१. यौनसम्पर्क रोक्नेरसुरु गर्ने

यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्गलाई योनीबाट बाहिर झिकेर केहीबेर यौन क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने । यसो गरेमा शीघ्र स्खलनको समस्यालाई कम गर्न केही सहज हुन्छ । अर्को कुरा, स्खलन होलाजस्तो भए पनि यौन सम्पर्कलाई रोकेर ध्यानलाई अर्कै कुरातर्फ लगाउन सकियो भने पनि मद्दत पुग्छ ।

२. आसन परिवर्तन गर्ने
धेरैजसो नेपाली जोडीमा लोग्ने मान्छे माथितिर र महिला तलतिर रहेर यौन सम्पर्क गर्ने चलन छ । यसो गर्दा विशेषतः पुरुषहरू मात्र सक्रिय हुन्छन् र यौन सम्पर्कलाई निरन्तरता दिँदै गर्दा पुरुषलाई वीर्य स्लखन नियन्त्रण गर्न गाह्रो हुन सक्छ । त्यसको सट्टा महिला माथितिर राखेर सक्रिय गराई यौन सम्पर्क गरेमा पनि शीघ्र स्खलनलाई कम गर्न सकिन्छ । यौन सम्पर्क गर्दा धक्काको प्रकार तथा गतिलाई एउटा लय दिएमा वीर्य स्खलन पनि ढिलो हुन पुग्छ । यदि, यौनसाथीलाई गति वा प्रकारमा परिवर्तन गर्नुपरे वा रोक्नुपरे संकेत गरेर वा स्पष्ट भन्नुपर्ने हुन्छ ।

३. लिङ्ग अँठ्याउने
यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनीबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने ।

४. वीर्य नलीलाई थिच्ने
वीर्य निस्केला जस्तो भएपछि अन्डकोष तथा मलद्वारबीचको नरम भागमा यस्तै तीन–चार सेकेन्ड थिचेमा वीर्य स्खलनलाई रोक्न सकिन्छ । यो कार्य आफैँले वा यौनसाथीले गरिदिए पनि हुन्छ ।

५. मांशपेशीको प्रयोग गर्ने
हामीले पिसाब गर्दा रोक्दै गर्दै गरिरहेका हुन्छौँ । पिसाव र रोक्न प्रयोग हुुने मांशपेशीलाई अंग्रेजीमा ‘प्युवोकक्सिजियस मसल’ भनिन्छ । यही मांशपेशीको कसरत गरेर जसरी पिसाब रोक्छौँ त्यसैगरी वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सकेमा पनि फाइदा पुग्छ ।

६. कन्डमको प्रयोग गर्ने
त्यस्तैगरी कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पु¥याउँछ ।

७. औषधिको प्रयोग
अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा ‘स्प्रे’हरू पनि बजारमा उपलब्ध छन् । ‘डाक्टरको सल्लाहअनुसार प्रयोग गर्न सकिन्छ ।

८. वीर्य स्खलन नियन्त्रणको अभ्यास
दीर्घकालीन उपचारका लागि हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहो¥याउने । वीर्य स्खलनलाई राम्ररी नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौनसाथीसँग यौन सम्पर्क रहित यौन क्रियाकलापमा संलग्न हुने अर्थात् हस्तमैथुन वा पाक्कक्रीडा जस्तै क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरीकन र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने ।

अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई विस्तारै भगक्षेत्र योनी क्षेत्र मा स्पर्श वा हल्का घर्षण गर्ने, तर यौन सम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भएमा यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले यौनसाथी बढी सक्रिय हुने गरेर यौन सम्पर्क सुरु गर्ने । अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै यौन सम्पर्कलाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि