सुहागरातकै रात श्रीमतीले अर्कैलाई माया गर्ने भनेपछि… यस्तो भयो !

भारतको परसाटांड निवासी एक जना युवतीले विवाह भएको पहिलो रातमै अफुले अरु कसैलाई माया गर्ने बताइदिएकि छन् । उनले विवाहको पहिलो रातमै श्रीमानलाई आफ्नो प्रेमिक रहेको जानकारी दिएकी हुन् । उनको विवाह भारतको भौंरा निवासी सीआइएसएफमा कार्यरत सिपाहीसँग भएको थियो ।

उनीहरु ३ डिसेम्वर सन् २०१७ मा विवाह बन्धमा बाँधिएका थिए ।  विवाह ठिकठाकसँगै भयो । जब विवाहको पहिलो रातै उनले श्रीमान्सँग ‘म कसैको सम्पत्ति हो’ भनेपछि उनका श्रीमान् चकित भए । तनावमा परेका उनले आफ्नी श्रीमतीबाट सान्त स्वभावमा सबै कहानी भन्न लगाए । उनी भन्दै गइन् । उनले सुन्दै गए ।

नवविवाहिता पत्नीले भनेको सबै कहानी उनले रेकर्ड समेत गरेका थिए । उनले श्रीमतीबाट उनको प्रेमीको मोवाइल नम्वर समेत लिए । दोस्रो दिन उनि पत्नीसँगै ससुराली लागे । तेस्रो दिन भने विवाह भएको उत्सवमा परिवारले खानपिन (पार्टी) को आयोजना गरेको थियो ।

तर परिवारले आयोजना गरेको पार्टीमा उनको श्रीमती सहभागी भइनन् । उनी माइतबाटै आउन नमानेपछि श्रीमान्को मात्रै उपस्थितीमा पार्टीको आयोजना भयो  । सबै आफन्तले नयाँ दुलहिको खोजी गरे । तर केटाको परिवारले उनी बिरामी भएर अस्पतालमा भर्ना भएकोले आउन नसक्ने जानकारी दिए ।

त्यसपछि पनि उनी आफ्नो श्रीमानको घर आइनन् । उनी माइतमै बसीन् । तर सात महिना पछि घमटनाले नयाँ मोड लियो । उनले पुलिसमा निवेदन दिँदै भनिन्, ‘श्रीमान्ले मलाई विवाह गरेर पनि घर लगेनन्’ त्यस लगत्तै केटालाई पुलिस थानामा हाजिर हुन भनियो ।

पुलिसले भने अनुसार उनि प्रहरी कार्यालय पुगे । उनले आफु र उनीसँग विवाह भएकी केटिको बारेमा सबै खुलस्त भने । प्रहरीले विश्वास नमानेपछि केटाले रेकर्ड गरेर राखेको केटिको आवाज समेत सुनाइदिए । जसले गर्दा उनि निर्दोष सावित भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर