June 21, 2020

सुशान्तका ११ वर्षीया फ्यानले गरे आत्महत्या, आरोपपछि सलमानले पनि खोले मुख

असार ७, काठमाडौं : बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको केही दिनमै उनका फ्यानहरुले पनि आत्महत्या गरिरहेको खबरहरु बाहिरिएको छ ।

सुशान्तका फ्यान रहेका उत्तर प्रदेशका एक ११ वर्षीय बालकले पनि आमाको सलको पासो लगाएर आत्महत्या गरेका छन् । उनको मृत्युसँगै सुशान्तका सम्झनामा आत्महत्या गर्नेको संख्या ५ पुगेको नवभारत टाइम्सले जनाएकाे छ ।

ती ११ वर्षीय बालक उत्तर प्रदेशको हापुड जिल्लामा सुशान्तको मृत्युपछि पीडामा थिए । परिवारका सदस्यका अनुसार ती बालक सुशान्तका ठूलो फ्यान थिए । उनको मृत्युबाट एकदमै दुःखी भएका थिए ।

यसअघि सुशान्तको मृत्युबाट निराश विशाखापट्टनममा २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरीले फासी लगाएर आत्महत्या गरेका थिए। त्यसैगरी उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एक–एक जनाले आत्महत्या गरेका गरिसकेका छन् ।

१४ जुनमा मुम्बईको बांद्रास्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा सुशान्तको शव फेला परेको थियो । उनी पछिल्लो केही समययता डिप्रेशनमा थिए । प्रहरीले यो घटनामा १६ जनाको बयान लिएको छ । उनको निधनपछि भारतमा आत्महत्याको ट्रेण्ड बढेको बताइएको छ।

 

त्यस्तै यता विभिन्न आरोप लागेपछि सलमान खानले पनि मुख खोलेका छन् । सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र नातावादका विषयमा चर्को बहस भइरहेको छ। अभिनेता खानमाथि पनि यही आरोप लागेको छ ।

उनलाई सुशान्तको मृत्युको कारणको रुपमा समेत हेरिएको छ । बिहार मुजफ्फरपुर अदालतमा त सलमानसहित बलिउडका ८ जनाविरुद्ध मुद्दा नै परेको छ। आरोप तथा मुद्दाले सलमानमाथि दर्शकहरु पनि खनिएका छन्।

आफूमाथि अनेक खालका आरोप तथा मुद्दा लागेपछि सलमानले मुख खोलेका छन् । उनले आफ्ना फ्यानलाई सुशान्तको परिवार तथा फ्यानलाई साथ दिन अपिल गरेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने