सुनको भाउ ह्वातै बढ्यो, अझै बढ्न सक्ने सम्भावना !

भाद्र ९, काठमाडौँ । 

कहिले घट्ने र कहिले बढ्ने क्रम जारी भएको सुनको मूल्यमा बिहिबार तोलामा ८ सय बृद्धी भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार एकै रकम कायम भएको छापावाल सुनमा आज तोलामा ८ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुनमा पनि आज तोलामा ८ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ एक सय रुपैयाँमा कारोबार भईरहेको महासंले जानकारी दिएको छ ।

बिहिबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ बृद्धी भएको छ । बिहिबार प्रतितोला ८ सय ८० भएको चाँदीको मूल्यमा पनि आज तोलामा १५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा नै  सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सात डलरले बढेपछि नेपालमा पनि त्यसको असर परेको हो ।

उनका अनुसार  इरान–अमेरिकाबीचको तनाव, अमेरिका–चीनबीचको व्यापार युद्ध जस्ता समस्याको ठोस समाधानका लागि उपयोगी पहल भने कतैबाट चालिएको छैन । यसले गर्दा सुन अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने