सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बर्खास्त

२७ कार्तिक,काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका छन्। पदीय आचरण अनुसार काम नगरेको भन्दै मुख्यमन्त्री भट्टले सोडारीलाई बर्खास्त गरेका हुन्।

तिहारमा मन्त्रीको गाडी दुर्घटना प्रकरणमा उनको नाम मुछिएको थियो। उनीमाथि पदीय आचरण अनुसारको काम नगरेको र पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लागेको थियो।

मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो गाडी शुक्रबार कैलालीमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीन जना घाइते भएका थिए। गाडी दुर्घटना हुँदा मन्त्री  सोडारी भने गाडीमा थिएनन्।

सोडारीका विषयमा धेरै गुनासा आउन थालेपछि प्रदेश इन्चार्ज भीम रावलले मुख्यमन्त्री भट्टलाई सोडारीलाई हटाउन निर्देशन दिएको स्रोतले दाबी गरेको छ।  मुख्यमन्त्री भट्टले सोडारीको कार्यशैली सन्तोषजनक नभएको, सामाजिक विकास मन्त्रालयमा फजुल खर्च भएको जनगुनासो लगायत कारणले पदमुक्त गरेको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक