सुत्नुअघि भुलेर पनि नगर्नुस् यी गल्तिहरु !

स्वस्थ जीवन बाँच्नु हामी सबैको चाहना हुन्छ । कसरी हुनसक्छौं हामी स्वस्थ ? यो त्यति सजिलो सवाल होइन । तर केही सामान्य कुराहरुमा ध्यान दिएर पनि हामी स्वस्थ रहन सक्छौं । जस्तो, हामी कम्तीमा पनि सात/आठ घन्टा दैनिक सुन्नुपर्छ । ननिदाउँदा पाचन प्रणालीदेखि सुन्दरतासम्म प्रभावित हुन्छ । यसले मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ । तर तपाईंलाई निद्रा पर्दैन भने सुत्नुअघि वा रातको नौ बजेपछि यी गल्तीहरु गर्नुहँदैन ।

बढी खानुहुँदैन

सकेसम्म सुत्नुभन्दा केही घण्टा अगाडि नै खाना खाइसक्नु राम्रो हुन्छ । राति आठ बजेभन्दा अगाडि नै खाना खानु धेरै राम्रो हुन्छ । ढिलो खाँदा निन्द्रा नलाग्न सक्छ । यदि अबेला खाना खानुपर्यो भने सुप, सलाद खानुहोस्, तेलमा पकाइएको वा फ्राई गरिएको
खानेकुरा नखानुहोस् ।

अध्ययन 

हाम्रोमा सुत्नेबेलामा पढ्नु राम्रो मानिन्छ । अझै रातैभरी पढियो भनेर बहादुरी देखाउने चलन पनि छ । अझ रमाइला सामग्री मात्र होइन गम्भीर विषयमा पनि अध्ययन गर्ने बानी कतिपयमा हुन्छ । अनुसन्धानकर्ताका अनुसार राति सुत्नुअघि गम्भीर पुस्तक पढ्नुभन्दा सामान्य फिक्सन पढ्नु उचित हुन्छ ।

चिया/कफी

चिया कफीमा पाइने क्याफिनले सिधै निन्द्रामा असर पर्छ । विषयविज्ञहरुका अनुसार, साँझ खाना खाइसकेपछि कफी पिउने बानी राम्रो होइन । यसले कैयौँ घन्टासम्म निद्रा नलाग्न सक्छ । यदि यस्तो बानी छ भने जतिसक्दो छिटो छोड्नुपर्छ ।

खानापछिको फिल्म

डिनरपछि टिभी र फिल्ममा झुण्डिनु हाम्रो सामान्य दिनचर्या हो । यसैगरी नयाँ पुस्ता पनि टिभी नहेरे पनि ल्यापटप खोलेर इन्टरनेट चलाउँछन् । यस्तो गर्नु कदापि ठीक हुनै सक्दैन । यसले आँखामा दबाब पार्छ र निद्रा हटाउँछ ।

परिवारसँग बहस या लडाइँ

गम्भीर बहस बेलुका वा राति गर्नुहुँदैन भनिन्छ । साँझ खानापछि परिवारसँग बहस नगर्नु नै बेस हुन्छ । बरु परिवारसँग रमाइलो कुरा गर्नु राम्रो मानिन्छ । यसले निद्रामा पनि सहयोग गर्छ ।

फोन र इमेलमा ब्यस्तता

साँझमा अधिकांश मानिस इमेल र फोनमा झुन्डिन्छन् । यसले मस्तिष्कलाई आराम पुग्दैन र निद्रा हराउँछ । यसर्थ सुत्नुअघि मेडिटेसन गर्नु उपयुक्त हुन्छ । यसले निदाउन मद्दत पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि