कात्तिक २७, काठमाडौं : गुट उपगुटमा विभाजित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ईतरका नेताहरु एकजुट हुन थालेका छन् ।
सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा पक्ष इतरका नेताहरुले आलोचना गर्न थालेका छन् ।
विधि र प्रक्रियालाई वेवास्ता गर्दै सभापति देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको भन्दै कांग्रेस भित्र किचलो शुरु भइरहेको बेला कांग्रेस नेतृ सुजाता कोइराला निवासमा कांग्रेसका भेला भै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका छन् ।
कोइराला निवासमा सोमबार भएको छलफलमा महामन्त्री डा। शसांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। शेखर कोइराला, डा रामशरण महत, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीको उपस्थिति रहेको थियो ।
भेलामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको थियो । सिटौला छठको कार्यक्रममा भाग लिन झापा जानु पर्ने भएकोले उपस्थित हुन सकेनन् । नेतृ सुजाता कोइरालाले आव्हान गरेको भेलामा उपस्थित नेताहरुले अब नियमित छलफल गरी सहमतिका साथ एकजुट भएर अघि बढ्ने सहमति गरेका थिए ।
डा शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए अनुसार सोमबारको भेलामा कांग्रेसको शसक्त भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद, विधान संशोधनको विषय र महासमिति बैठकमा प्रस्तुत गरिने एजेण्डाको बारेमा छलफल भएको थियो ।
साथै पार्टी, नेतृत्व र राष्ट्रिय राजनीतिमा पार्टीको स्थान समेत अत्यन्त कमजोर बन्दै गएको भन्दै शीर्ष नेताहरुले नियमित छलफल गरी अघि बढ्नु पर्ने धारणा राखेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण