March 12, 2019

सीके राउतबारे कमरेडहरुले टिप्पणी नगरेकै राम्रोः प्रचण्ड

 


विराटनगर, २८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीके राउतबारे तत्कालै टिप्पणी गर्नु हतार हुने बताएका छन् । उनले नेकपाका नेताहरुलाई अहिले अनावश्यक टिप्पणी नगर्न अनुरोध गरे ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै स्वतन्त्र मधेस गठबन्धनका सिके राउत र उनीसँग सरकारले गरेको सहमतिबारे बोल्न हतारो गर्नु नहुने उनको भनाई थियो ।

सरकारले गरेको सहमतिमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए । उनले भने, ‘सिके राउतले पहिला लिएका नीतिहरुबारेमा थाहा भएकै हो । उनीबारे कुनै हतार गर्नु जरुरी छैन । संविधानको पक्षमा पहल बढाउन सरकारले समझदारी गरेको हो । सरकारले गरेको समझदारीमा मेरो पूर्ण सहमति छ ।’

पत्रकारहरुले भीम रावल लगायतका नेकपाका नेताहरुले नै विरोध गरेको बारे प्रश्न गर्दा उनले भने, ‘सिके राउतबारे पार्टीका साथीहरुले बाहिर नबोल्दा राम्रो हुन्छ । सरकारले गलत मनासयले सहमति गरेको होइन ।’

उनले मन्त्रीमण्डल फेरबदलबारे आफूले प्रधानमन्त्रीसँग नियमित कुरा गरिरहेको बताए । ‘अहिले पनि म यहीबारे प्रधानमन्त्रीसँग छलफल गरेको आएको हुँ, तर हेरफेर गर्न अहिले हतारो छैन भने मैले, तपाईँले नै हेरफेरको मूल्याङ्कन गर्नुस् भनेको छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी