संसारभरि सञ्जाल भएको अमेरिकी जासुसी संस्था(सिआइए)को निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छन्।राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सिआइएकी सहनिर्देशक जिना हास्पेललाई निर्देशक नियुक्त गरेका हुन्।
ट्रम्पले हिजै विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए। सिआइएका निवर्तमान निर्देशक माइक पम्पेओलाई उनले नयाँ विदेशमन्त्री नियुक्त गरेका छन्।
पम्पेओ विदेशमन्त्री बनेपछि रिक्त स्थानमा जिना नियुक्त भएकी हुन्। ६१ वर्षीया जिनाले ३३ वर्षअघि सिआइएमा जागिर सुरु गरेकी थिइन्।
उनका ३३ वर्षे जागिरका धेरै वर्ष जासुसीमा बितेका थिए। यसअघि उनले आतंकवादविरुद्ध लड्ने विभागको पनि नेतृत्व गरिसकेकी छन्।
गत वर्ष ट्रम्पले उनलाई सिआइएकी सहनिर्देशक नियुक्त गरेका थिए। अमेरिकी बन्दीगृहहरूमा दिइएको यातनामा भूमिका रहेको भन्दै डेमोक्र्याटहरुले उनको विरोध गरेका थिए।
उनको नियुक्ति अमेरिकी सिनेटले अनुमोदन गनुपर्नेछ।
जिना सन् २००२ मा थाइल्यान्डको ब्ल्याक साइट जेलमा प्रमुख थिइन्।
सिनेटमा उनलाई ब्ल्याक साइट जेललगायत ठाउँमा बन्दीहरुलाई दिएको यातनाबारे प्रश्न सोधिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।