September 2, 2016

सिंहदरबार भित्रै तास खेल्नेलार्इ कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन


images१७ भदाै, काठमाडौँ ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यालय समयमा सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै तत्काल छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार कार्यालय समयमा कर्मचारीले तास खेल्दै गरेकाे समाचार सार्वजनिक भएपछि  प्रधानमन्त्री दाहालले  संलग्नलाई कारबाही गर्न समेत निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा तत्काल छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न भनिएकाे छ ।  विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य यस कार्यालयमा नभएको र यस विषयमा सत्य तथ्य बुझी कार्यालयभित्र अनुशासन आचरण विपरित कार्यमा संलग्न भएका कर्मचारीलाई कानुन बमोजिम कारबाही गरी सोको जानकारी दिन सम्बन्धित मन्त्रालयलाई दिर्नेशन दिइएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू १० बजे नै सिंहदरबार पुगेर जनताको काम काम गर्ने बताउदै सबै कर्मचारीलाई समयमा उपस्थित भएर जनतको काम गर्न र कुनै पनि गलत काम नगर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा