सावधान हुनुहोस् आज यी सडकखण्ड अवरुद्ध छन्

साउन २९, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार बिहान विभिन्न सडकखण्ड अवरुद्ध भएको जनाएको छ । महाशाखाले चितवनको कालिखोलामा झरेको पहिरोका कारण मुग्लिङग नारायणगढ सडकखण्ड हुँदै चल्ने सवारी पुर्ण रुपमा प्रभावित भएको जनाएको छ ।उक्त सडकखण्ड भएर चल्ने सवारी साधन यतिबेला मुग्लिङ्ग, आबुखैरेनी र जुगेडी तथा रामनगरमै रोकिएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै धादिङ्गको तिघ्राखानी, झिङ्गाने डाँडा, र ज्यामिरे डाँडामा पहिरो झरेका कारण सवारी आवागमन अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाँउपालीका ५ चौबिस माईलमा शनिबार राति झरेको पहिरोका कारण बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

पहिरोकै कारण महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालीका ४ दाउन्नेमा शनिबारबाटै सवारी आवागमन अवरुद्ध भएको छ ।

दाउन्ने मुख्य सडक भासिएको कारण सवारी आवागमन अवरुद्ध भएको हो ।

पहिरोका कारण दक्षिणकाली–कुलेखानी–सिसनेरी, फाखेल– इनद्रसरोवर, पालुङ – वाघधुरा रुट भएर चल्ने सवारीहरुको आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा