‘सार्वजनिक आवागमनमा अवरोध खडा गरेका कारण गुठीयारमाथि बल प्रयोग’

जेठ २८, काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माइतीघर मण्डलामा गुठियारहरुको प्रदर्शनका क्रममा भएको प्रहरीको धरपकडबारे संसदमा स्पष्टिकरण दिएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री थापाले प्रदर्शनमा उत्रिएका गुठियारहरुमाथि प्रहरीले सामान्य बल प्रयोग गरेको बताए ।

‘प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा सार्वजनिक आवागमनमा अवरोध खडा गरेका थिए । प्रहरीले धेरै पटक सार्वजनिक आवागमन नरोक्न अनुरोध गरेको थियो । माइकिङ पनि गरिएको थियो,’ घटनाबारे संसदमा जानकारी गराउँदै उनले भने, तर प्रदर्शनकारीहरुले त्यो कुरालाई स्वीकार गरेनन् । यातायातलाई अवरोध पुर्याउने कार्य जारी राखे । त्यसपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।’

गृहमन्त्री थापाले प्रहरीको अनुरोध स्वीकार नगरी यातायातमा अवरोध जारी राखेपछि प्रहरीले पानीको फोहरा प्रहार गरी त्यहाँबाट तितरवितर गर्ने र आवागमन खोल्ने प्रयत्न गरेको स्पष्ट पारे ।

‘सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्ने, ईँटा प्रहार गर्ने कार्य गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । पानीको फोहोर हान्दा पनि प्रदर्शनकारीहरु तितरवितर नभएका कारण सामान्य बल प्रयोग गरी केहीलाई आफ्नो हिरासतमा पनि लिएको थियो । उनीहरुलाई सोधपुछ गरी राति आफन्तको जिम्मा लगाएको थियो’, उनले भने ।

उनले त्यो घटनालाई लिएर राज्यले सरकारले नागरिकहरुको शान्तिपूर्ण ढंगले विरोध या समर्थन गर्ने अधिकारलाई बरवर्तापूर्वक दमन गर्यो तथा त्यसलाई कुण्ठित गर्यो भन्नु गलत भएको धारणा राखे । 

‘शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो कि भन्ने प्रश्न उठेको छ तर तथ्यहरुले ती कुरालाई सावित गर्दैन। दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। ती विरोधलाई दमन गर्ने, रोक्ने काम भएको छैन’, उनले भने, ‘नियमभन्दा विपरित गयो, दमन भयो, टाउकैमा प्रहार भयो, बढी बल प्रयोग भएको भन्ने कुरा आएको छ। तथ्यले यस्तो देखाउँदैन। शान्तिपूर्ण ढंगले विरोध या समर्थन गर्ने जनताहरुको नैसर्गिक अधिकार हो । त्यसको रक्षा गर्न सरकार प्रतिबद्ध छ ।’

आइतबार (जेठ २६ गते) गुठी विद्येयकका केही प्रावधानहरुमा असहमति जनाउँदै केही संस्थाहरु, समितिहरु, विशेषगरी उपत्यका विस्तार पिडित संघर्ष समिति, सम्पदा बचाउ अभियान, नेवा संगठन लगायतको नेतृत्वमा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको थियो ।

त्यहाँ २–३ सय जनाले विरोध प्रदर्शनकारीहरुले जम्मा भएका थिए । सो क्रममा प्रहरीले पानीका फोहोरा प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक