February 15, 2018

सार्बजनिक नभएको : एमाले-माओवादी एकीकरणका निर्णायक ७ बुँदा

काठमाडौं फागुन ३


ललितपुर मानभवनस्थित बैठकस्थल

ललितपुर मानभवनस्थित बैठकस्थल
 

 

पार्टी एकीकरणका लागि श्रृंखलाबद्ध बैठक गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिको मस्यौदा तयार भएको छ। बुधबार दिउँसो पार्टी एकीकरणको लागि यिनै बुँदामा अाधारित भएर नेताहरूले ९५ प्रतिशत काम सिध्याएका छन्। 

पिपल नेपाललाई प्राप्त ती सात बुँदामा एकीकृत पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर हैसियत हुने उल्लेख छ। यसमा केही तलमाथि गरेर बिहीबार दुवै दलले पार्टी एकीकरणकाे निर्णय गर्ने तयारी गरेकाे स्राेतले बतायाे।

 सार्वजनिक नभएका पार्टी एकीकरणका ७ बुँदे मस्याैदा यी हुन् :

१. एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुने छन् भने ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष रहने छन्।

२. अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम ९ साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड० प्रधानमन्त्री हुने छन्।

३. एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने

४. एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने

५. एकता महाधिवेशनसम्म पार्टीको कार्य्दिशाका विषयमा समाजवाद उन्मुख कार्य्दिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने।

६. दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने। एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने।

७. राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न