साउनमा पार्टी एकता सकाएर भदौदेखि देशव्यापी अभियानमा जान्छौं : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन महिना भित्रमा पार्टी एकताका काम सम्पन्न गरेर भदौ महिनादेखि देशव्यापी अभियानमा जाने तयारी भएको बताएका छन् । 

कम्युनिस्ट संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृतिको अवसरमा नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले साउन महिनामा स्थायी समिति र केन्द्रीय समितिको बैठक सकाएर भदौदेखि अभियानमा लाग्ने बताएका हुन् । 

‘पार्टी एकताको माथिदेखि तलसम्मको कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएका छौं, यसै महिनाभित्र स्थायी समिति र केन्द्रीय समितिको बैठक सकाएर भदौबाट पार्टीका नीतिबारे जानकारी गराउन र सरकारका कामलाई अझ प्रभावकारी बनाउने प्रयास बढेको छ,’ प्रचण्डले भने । 

नेपालको कम्युनिष्ट आन्दोलन विशिष्ट मोडमा रहेको भन्दै उनले जनताले दिएको अवसरको सदुपयोग बुद्धिमता र विवेकसम्मत गर्न जरुरी रहेको बताए । 

‘पार्टी एकता र जनविश्वासको उत्कर्ष यही मात्र नहोस् भन्ने, विश्वलाई समाजमावदको नयाँ मोडल दिने अवसर हामीसँग छ,’ प्रचण्डले भने, ‘पार्टी एकतालाई सरकारको कामलाई प्रभावकारी बनाएर मात्र हामी समाजवादको बाटोमा लाग्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने