साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिने

रियाद, १६ असोज । साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ ।

साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ ।

सरकारले दिएको सो अनुमतिपछि यहाँको प्रिन्सेस नउराह विश्वविद्यालयले उक्त स्कुल खोल्न लागेको जानकारी आइतबार दिएको समाचारमा जनाइएको छ ।

उक्त विश्वविद्यालय महिलालाई अध्यापन गराउने विश्वविद्यालय हो । महिलालाई सवारी चालनसम्बन्धी अध्ययन र अभ्यास गराउन सो स्कुल खोल्ने जानकरी गराइएको हो ।

गत मङ्गलबार मात्र साउदी अरेबियाका राजाले महिलाले पनि सवारी चलाउन पाउने अनुमति दिइएको घोषणा गरेका थिए । उक्त घोषणाको कार्यान्वयन आगामी जुन महिनादेखि मात्र हुनेछ ।

साउदी अरेबियामात्र संसारको यस्तो देश थियो जहाँ महिलालाई सवारी चलाउने अनुमति थिएन । तर यो पछिल्लो निर्णयको महिलाले स्वागत गरेका छन् ।

विश्वका कार उत्पादक कम्पनीहरुले पनि सरकारको यो निर्णयको स्वागत गर्दै साउदी अरेबियाको सडकमा दशौँलाख महिलाले सवारी चलाउन पाउने अवसरका लागि साउदी महिलालाई बधाई पनि ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार