साउदी अरबद्वारा यमनको सबै सीमा नाका बन्द

२१ कात्तिक, एजेन्सी : साउदी अरबले छिमेकी यमनको सीमा नाका बन्द गरेको छ । साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले छिमेकी यमनको स्थल, सामुद्रिक तथा हवाई सीमा नाका बन्द गरेको हो । शनिबार साउदी राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि साउदीले सीमा नाका बन्द गरेको हो ।

Saudi-Arabia-closes-Yemeni-border

साउदीले हालका निम्ति विद्रोहीहरुले थप अस्त्र तस्करी गर्न नपाउन् भनेर यमनका सीमा बन्द गरेको बताइएको छ । तर उसले मानवीय सहायताका कार्यमा भने अवरोध नगर्ने बताएको छ । साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोही विरुद्धको लडाईंमा यमनको सरकारलाई समर्थन गर्र्दै आएको छ ।

शनिबार रियादलाई निशानामा पारि हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि तनाव चर्किएको छ । साउदी अरेबियाले ती अस्त्र हुथीहरुलाई इरानले दिएको आरोप लगाएको छ । इरानले भने ती आरोप भड्काउपूर्ण र अन्यायपूर्ण भनेको छ ।

अढाई वर्षदेखि त्यहाँ भइरहेको लडाईंका कारण यमन ध्वस्त भएको छ । यमनका एक करोड असी लाख मानिसलाई कुनै न कुनै प्रकारको मानवीय सहायताको आवश्यकता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण