सांगीतिक कार्यक्रमका लागि गायक सागर आले कतार जाँदै

काठमाडौं, १ माघ: नेपाल आईडलको चौथो फाइनलिस्ट तथा चर्चित गायक सागर आले सांगितिक कार्यक्रमका लागि कतार जाने भएका छन् ।sagar-ale-quatar-768x432उदयपुर जिल्लाको त्रियुगा नगरपालिका भित्रका विभिन्न स्थानहरुमा रहेका गरीब, अनाथ तथा सुस्त मनस्थिती बालबालिकाहरुको आर्थिक सहयोगार्थ कतारमा हुने सांगितिक कार्यक्रममा उनी सहभागी हुन लागेका हुन् ।

कतारमा कार्यरत उदयपुर त्रियुगा नगरबासीहरुको प्रतिनिधित्व गरी २०७३ स्थापना भएको त्रियुगा नगर प्रवासी युवा समूह, कतारले आर्थिक संकलनार्थ कतारमा सांगितिक कार्यक्रम गर्न लागेको हो । आले आउँदो २३ फेब्रुअरी २०१८ को दिन आयोजना हुन गईरहेको उक्त सांगितिक कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रममा त्रियुगा नगरपालिका स्थानीय कलाकारहरुको गायक फिरोज बस्नेत, डान्सरहरु एमजे मिथुन, रेखा राई र सविता पनि सहभागीता रहनेछन् । साथै कतारमा रहेका कलाकारद्वय गायक देवराज नेउपाउने, लोक गायक रित कुमार श्रेष्ठ र यू एण्ड आई डान्स क्रुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

दोहाको अल अहली स्पोर्टस क्लब नजिकै रहेको रिजेन्सी हलमा हुने उक्त सांगितिक कार्यक्रममा गायक अमित आलेको चर्चित गीतहरुको प्रस्तुति पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न