सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण चुनावपछि मात्र

 

राष्ट्रिय समाचार समिति

काठमाडौँ –  वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ । 

कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिए । 

कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्र कार्यालयबाट लाइसेन्सको काम पुनः सञ्चालन हुने उनले बताए । 

अञ्चल कार्यालय वाग्मती एकान्तकुनाबाट हुँदै आएको विदेशबाट लिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई नेपालीकरण गर्ने काम पनि उपत्यकाका अन्य तीन कार्यालयमा हस्तान्तरण गरिएको छ । 

लाइसेन्सलाई नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालय स्वयम्भूस्थित ठूलोभयाङ, सुकेधारा र जगाती कार्यालयलाई जिम्मेवारी दिइएको प्रवक्ता डा पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी