सर्वोच्च अदालतकको प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी अस्वीकृत भएका छन् । प्रतिनिधिसभा अन्तरगतको संसदीय सुनुवाई विशेष समितिमा शुक्रबार भएको मतदानबाट जोशी अस्वीकृत भएका हुन् ।
समितिमा सर्वसम्मत निर्णय हुन नसकेपछि मतदानबाट जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने विषयमा मतदान भएको थियो । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा जोशीको विपक्षमा १० मत खसेको समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।
१५ सदस्यीय संसदीय सुनुवाई समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का र संघीय समाजवादीका १/१ सदस्य छन् । स्वीकृतीका पक्षमान शून्य मत खसेको कर्णले बताए ।
ने क पा का नेता योगेश भट्टराईले जोशीले समिति सदस्यहरुले न्याय क्षेत्रको नेतृत्व गर्ने ठोष कार्ययोजना बारे सोधेको प्रश्नमा स्पष्ट कार्ययोजना प्रस्तुत गर्न नसकेको, आम नागरिकबाट आएका गुनासा र समिति सदस्यहरुले राखेको जिज्ञासाको सन्तोषनक जवाफ दिन नसकेको, शैक्षिक प्रमाणपत्र शंकास्पद हुनुका साथै जन्ममिति समेत फरकफरक हुनु र त्यसबारे यथेस्ट प्रमाण जोशीले पेश गर्न नसक्नु तथा उनको आचारण र कार्यक्षमताबारे सर्वोच्चका न्यायनधीशरुले नै सार्वजनिक रुपमा टिकाटिप्पणी गरेकाले उनलाई न्याययलयको नेतृत्व दिन नससकने ठहरमा समिति पुगेको बैठक पछि सञ्चारकर्मीहरुलाई जनानकारी दिए ।
समिति सदस्यहरु दुई ध्रुवमा विभाजित थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसदहरु जोशीको विपक्षमा उभिएका थिए भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा थिए ।
जेष्ठ सदस्यको हैसियतमा सुनुवाई समितिको बैठकको अध्यक्षता लक्ष्मणलाल कर्णले गरेका थिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत