सर्वाेच्चद्वारा प्रकाण्डलाई रिहा गर्न आदेश

काठमाडौं | सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई पुन: रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले थुनामा राख्ने कारण, आधार र प्रमाण नदेखिएकाे भन्दै साेमबार रिहा गर्न आदेश दिएको हो ।

फाइल फोटो

प्रवक्ता प्रकाण्डलार्इ पटक पटक गैरकानुनी थुनामा राख्ने काम गर्दै अदालतको आदेश पालना नगरेकोमा गम्भीर ध्यानाकर्षण गरेकाे सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

चन्दा असुलीको अभियोगमा गत साउन २३ गते पक्राउ परेका प्रवक्ता प्रकाण्ड यस अघि पनि सर्वोच्च अदालतले छाड्ने आदेश दिएको थियो । यस क्रममा उनलाई सर्वोच्चको गेटबाट नै प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको थियो । त्यहाँको अदालतले समेत छाड्ने आदेश विपरित उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको