प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले आफ्ना मान्छे फस्ने भएपछि वाइडबडी प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम मुछेको दाबी गरेका छन् । सरकारविरुद्ध नुवाकोटमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता केसीले आफ्ना मान्छेलाई जोगाउन सरकारले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाको नाम मुछेको दाबी गरेका हुन् ।
‘‘सरकारले वाइडबडी काण्डमा आफ्ना धेरै जसो मन्त्री र नेताहरु पर्ने भएपछि हाम्रा नेताहरुको समेत संग्लनता छ भनेर हल्ला गरिरहेको छ,’’ उनले भने, ‘‘सरकारको तागत छ र यदि साँच्चिकै कांग्रेसका नेताहरुको वाइडबडी विमान खरिदमा ंसग्लनता छ भने कारवाही गरेर देखाउन चुनौती दिन चाहन्छु ।’’
नेता केसीले छानविनका क्रममा कांग्रेसका जुनसुकै तहका नेता संलग्न देखिए पनि भ्रष्टचारीलाई नबोक्ने स्पष्ट पारे । सुन भनेर समातेको वस्तु तामा निस्किएको प्रसंगप्रति लक्षित गर्दै उनले प्रश्न गरे, ‘‘३३ किलो सुनसमेत कतै तामाकै मूल्यमा सिंहदरवार र बालुवाटारमा भागबण्डा भएकै कारणले दोषीलाई कारबाही नगरिएको त होइन ?’’
नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले महँगी र भ्रष्टचारले रंगिएकाले नेकपा नेतृत्वको सरकारको विरोध गर्नुपर्ने बताए । सुनकाण्डमा निर्दाेष प्रहरीहरु फसाएको भन्दै उनले सिंहदरवार र बालुवाटारबाट शक्तिको आडमा दमभ देखाइरहेकाहरु नै सुनकाण्ड, वाइडबडी काण्ड र निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लगाए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत