सरकार गठनमा काँग्रेसले भाँजो नहालेको र हाल्न पनी नसक्ने: ओली

पुस ६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक जटिलता नरहेको स्पष्ट पारका छन् ।सरकारको नेतृत्व लिने तयारीमा रहेका अध्यक्ष ओलीले नयाँ सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढ्ने पनि स्पष्ट पारे ।

उनले समानुपातिकतर्फको निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्थाबारे पनि स्मरण गराए । विहिबार आफूलाई बधाई दिन बालकोटस्थित निवास पुगेकाहरुसँग उनले सरकार गठन गर्ने प्रतिनिधिसभाको विजनेस भएकाले त्यसमा पनि द्धुविधा पाल्न नहुने दोहोर्याए ।

ओलीले सरकार गठन प्रक्रिया आफ्नै गतिमा अघि बढने विश्वास पनि व्यक्त गरे । उनले सरकारका गतिविधि र अभिव्यक्तिले भने मुलुकमा भ्रम सृजना गर्न खोजिरहेको भन्दै पुनः आपत्ति जनाए ।

अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई नहुने पनि स्पष्ट पारे । उनले सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढने र माओवादी केन्द्रसँगको पार्टी एकतामा विलम्ब नहुने उल्लेख गरे ।

ओलीले सरकार गठन प्रक्रियामा काँग्रेसले भाँजो नहालेको र हाल्न खोज्ने अवस्था नरहेको पनि बताए । उनले निर्वाचन सम्पन्न गराउन संचारमाध्यामले खेलेको भूमिकाको खुलेर प्रशंशा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने