सरकारसँग छैन बैंक खाता, बजेट खर्च गर्ने बाटो बन्द

budget-bajet_vIGXYvRFD3

विराटनगर, २६ वैशाख । एक महिनाअघि प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अहिलेसम्म खर्च भएको छैन ।

प्रदेश सरकारले सञ्चित कोष जम्मा गर्ने बैक खाता नखुलेका कारण अहिलेसम्म सरकारले बजेट खर्च गर्न नसकेको हो ।

गत चैत २९ गते आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले एक अर्ब दुई करोड पाँच लाख रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

संघीय सरकारबाट प्राप्त अनुदानमा आधारित रहेर आगामी तीन महिनाका लागि कार्यक्रममार्फत खर्च गर्ने गरी विनियोजन गरिएको बजेट बैंक खाता सञ्चालन नहुँदा खर्च गर्न नसकेको हो ।

प्रदेश एकमा मात्रै हैन सातै प्रदेशका सरकारले अलिहेसम्म बैंक खाता खोल्न सकेका छैनन् ।

सञ्चितचकोषको बैक खाता खोल्ने विषयमा नेपाल राष्ट्र बैंकले समय र प्रक्रियामा  सहयोग नगरेपछि सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले संघीय सरकारलाई सामूहिक दबाब दिनु परेको थियो ।

अर्थमन्त्रालयले दिएको निर्देशन पनि कतिपय सन्दर्भमा नेपाल राष्ट्र बैंकले पालना नगर्दा सञ्चितकोष रकम जम्मा हुने बैंक खाता खोल्न ढिलाई भएको हो । गोरखापत्रमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने